काठमाडौं महानगरका टोल–टोलमा दैनिक १०० भन्दा बढी यसकारण थपिदै छन्, कोरो’ना सं’क्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिकामा हरेक दिन डेढ सयभन्दा बढी कोभिड–१९ संक्र’मित थपिइरहेका छन् । देशभर बिहीबार ७ सय ७ जनामा संक्र’मण पुष्टि हुँदा काठमाडौं जिल्लाका मात्र १ सय ७४ जना थिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौं महानगरपालिकास्थित जनस्वास्थ्य महाशाखा, वडाका स्वास्थ्य शाखाबीच प्रभावकारी समन्वय हुन नसक्दा कोरो’ना संक्र’मितहरूको पहिचान र व्यवस्थापन राम्ररी हुन सकेको छैन ।

वडा कार्यालयहरूको पछिल्लो तथ्यांकअनुसार काडमाडौं महानगरमा मात्र ८ सय ८ जनामा सं’क्रमण पुष्टि भइसकेको छ । संक्र’मितमध्ये होम आइसोलेसनमा ३ सय ५३ जना, अस्पताल ३ सय ४० जना र होटलमा ५ जना छन् ।

जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु