‘सारी भन्दा जिम्मेबारी’ मा सजिएका नर्सले अस्पतालमै सन्देशमूलक गीत गाएर मनाए तीज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिलोत्तमा, रुपन्देही — लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका नर्सले अस्पतालमै तीज मनाएका छन् । उनीहरुले कोरो’नाबाट बच्ने सन्देशमूलक गीत गाउँदै तीज मनाएका हुन् ।
को’रोना महा’मारीमा दिनरात जनताको उपचारमा खटिएका नर्सले चाडपर्वमा पनि जनतालाई सचेत गराउने गरी तीज गीत गाएर महा’मारीविरु’द्ध सन्देश छरेको अस्पतालकी नर्सिङ इन्चार्ज ज्योति पौडेलले बताइन् । उनले को’रोनाभाइ’रस संक्र’मण बढ्दै गएकोले घरमै बसेर तीज पर्व मनाउन आग्रह गर्दै अस्पतालबाटै ड्युटीमा खटिएका नर्सले गीत गाएर को’रोनाबाट बच्ने सन्देश दिइएको बताइन् ।

गीतमा संक्र’मणबाट जोगिन सरसफाइमा ध्यान दिने, बिनाकाम बाहिर ननिस्कने, घरभित्रै बस्ने, मनोबल उच्च राख्ने, साबुनपानीले हात धुने, पौष्टिक आहार खाने जस्ता सन्देश समेटिएको थियो । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले नर्सहरूलाई जनचेतनामूलक गीत गाउन निर्देशन दिएका थिए ।

जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु