को’रोना अपडेटः विश्वभरी दुई करोड २२ लाख संक्र’मित, एकै दिन साढे दुई लाख थपिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, ५ भदौ । महामा’रीका रुपमा विश्वभर फैलिएको कोरो’नाभाइ’रसबाट सङ्क्र’मित भएका मानिसको संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार विश्वभरीको कुल स’ङ्क्रमित संख्या दुई करोड २२ लाख ५६ हजार २२० पुगेको छ ।

ती मध्ये दुई लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ । सोही अवधिमा अरु छ हजार ५५४ जनाको को’रोनाकै का’रण मृ’त्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै अहिलेसम्म विश्वभरी कोरो’नाका कारण मृ’त्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४५६ पुगेको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरो’नाभाइ’रसको महा’मारी फैलिएको घोषणा गरेको थियो ।

भा’इरसको सङ्क्र’मण फैलिन नदिनका लागि सबैजसो देशहरुले लकडा’उन समेतका अनेक उपायहरु अपनाए पनि प्रामाणिक औषधिको अभावमा सङ्क्र’मित र मृ’त्यु भएकाहरुको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएको छ ।

जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु