पानी पनि नखाई ब्रत बसेकी छुः वर्षा राउत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ भदौ । नायिका वर्षा राउतले तीजको दिनमा ब्रत बस्न थालेको ५–६ बर्ष भयो । तर, बिहे गरेपछि भने उनको ब्रत बस्ने तरिका बदलिएको छ । रातो सारीमा सजिएकी वर्षाले भनिन्–‘बिहे अगाडि त पानी खाएर ब्रत बसेकी थिएँ । तर, गतबर्षदेखि भने पानी पनि नखाई ब्रत बस्न थालेकी छु ।’

वर्षाका अनुसार, उनले बेलुकी पूजा गरेपछि पानी र जुस पिउनेछिन् । तर, अन्न भने भोली बिहान मात्र खाने उनको भनाई छ । निषेधाज्ञाका कारण वर्षा माइतीघर जान पाइनन् । घरमै परिवारसँग रमाइलो गर्दै तीज मनाइरहेको उनले बताइन् । आज नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज हो । यो पर्वको अवसरमा देश तथा विदेशमा रहेका धेरै महिलाहरु ब्रत बसिरहेका छन् । विवाहित महिलाले श्रीमान्को लामो आयूको कामना गर्दै ब्रत बस्ने गर्छन् भने कतिपयले ब्रत बस्दा स्वास्थ्य पनि राम्रो हुने भन्दै ब्रत बस्छन् ।

जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु