प्रेम गर्यो प्रेममिल्छ, घृणा गर्यो घृणा नै मिल्छ :नायिका संचिता लुइटेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ भदौ । नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा नेपाली चलचित्रका नायिकाहरु पनि ब्रत बसिरहेका छन् । विवाहित र अविवाहित नायिकाहरु रातो सारीमा सजिएका छन् । नायिका संचिता लुइटेल पनि तीजको दिनमा ब्रत बसेकी छिन् ।

उनै, संचिताले सामाजिक संजालमा मनको भावना लेख्दै सबैसँग प्रेम र विश्वा बाड्न आग्रह गरेकी छिन् । संचिता लेख्छिन्–‘जे रोप्यो त्यही मिल्छ । श्रद्धा गर्यो श्रद्धा मिल्छ, विश्वास गर्यो विश्वास मिल्छ । प्रेम गर्यो प्रेममिल्छ, घृणा गर्यो घृणा नै मिल्छ ।’ उनले, प्रेम, विशवास र श्रद्धा छर्न सर्बसँग अपिल गर्दै तीजको शुभकामना दिएकी छिन् ।

चलचित्रको पर्दाबाट केही समयदेखि टाढा देखिएकी नायिका संचिता लुइटेल चलचित्र ‘आयो भैरव’मा काम गर्ने तयारीमा थिइन् । तर, लकडाउन र कोरोना भाइरसका कारण चलचित्रको काम रोकिएको छ ।

जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु