सशस्त्र प्रहरी अस्पतालमा र वीरगञ्जमा कोरो’ना संक्र’मणबाट थप एक/एकको मृ’त्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगञ्ज, ५ भदौ । कोरो’ना संक्र’मणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृ’त्यु भएको छ । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो सवा १ बजे मृ’त्यु भएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उ’च्च रक्त’चापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ । उनका आफन्तले रेमडेसिभर औषधी ल्याउन खोजेपनि सकिरहेका थिएनन् ।

नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई को’रोना सं’क्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । योसँगै वीरगञ्जमा कोरो’ना संक्र’ममणबाट मृ’त्यु हुनेको संख्या ३४ पुगेको छ । मृ’त्यु हुनेमा २५ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृ’त भेटिएको बेवारिसे शवमा पनि कोरो’ना सं’क्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

त्यसैगरी, आज कोरो’ना भाइ’रस संक्र’मणको कारण बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा थप एक वृ’द्धको मृ’त्यु भएको छ । कोरो’ना संक्र’मणबाट सप्तरी घर भई हाल धापासी काठमाडौँ बस्ने ७७ वर्षीय मुरारीप्रसाद उपाध्यायको मृ’त्यु भएको सशस्त्र प्रहरी अस्पताल बलम्बुका प्रवक्ता तथा एसपी डा.प्रविण नेपालले बताए । मुरारीलाई बिहीबार साँझ ग्रिन सिटी अस्पतालबाट रिफर गरेर सशस्त्र अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको भोलिपल्ट अर्थात शुक्रबार बिहान १० बजेको समयमा मुरारीको मृ’त्यु भएको एसपी नेपालले बताए ।
मुरारीको शव व्यवस्थापनको लागि कोही पनि नआएको अस्पतालले जनाएको छ । यसअघि बिहीबार साँझ बालुवाटार निवासी ७६ वर्षीय वृद्धको मृ’त्यु भएको थियो ।

जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु