प्रदेश नं २ को’भिडबाट मुलुकमै सबैभन्दा बढी प्रभा’वित, ५२ जनाको मृ’त्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ भदौ । मुलुकमै कोरो’नाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश नं २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्र’मित हुनुका साथै ५२ जनाको कोरो’नाको सङ्क्र’मणको कार’ण मृ’त्यु भएको छ ।

यस प्रदेशअन्तर्गतका आठवटै जिल्लाबाट कोरो’नाको सङ्क्र’मणको चपेटामा परेको छ । सोमध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारमा परेको देखिएको छ । सो जिल्ला कोरोनाबाट २५ जनाको ज्या’न गइसेकेको छ भने दोस्रो धनुषा जिल्लामा नौ जनाको मृ’त्यु भएको छ । त्यस्तै, बारामा छ, सप्तरीमा चार, रौतहटबाट तीन, महोत्तरी र सिरहाबाट दुई/दुई र सर्लाही जिल्लामा एकको को’रोना सङ्क्र’मणबाट मृ’त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहीबार अपराह्नसम्म यस प्रदेशमा को’रोना सङ्क्र’मितको सङ्ख्या आठ हजार ६३ पुगेको छ । सोमध्ये तीन हजार ९८४ जना उपचार गराई घर फर्केका छन् भने तीन हजार ८९५ जनाको उपचार भइरहेको छ । प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्य तीव्र रुपमा भइरहेको छ । अहिलेसम्म ८५ हजार ७६४ को स्वाबको नमूना सङ्कलन गरिएको छ । सङ्कलित स्वाबमध्ये ७२ हजार ७८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ९१२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

भारतबाट आउने वा सशङ्कित व्यक्तिका लागि यस प्रदेशमा निर्माण गरिएको २१७ वटा क्वारेन्टिनमा १३ हजार ७४८ वटा शय्याको व्यवस्था गरिएको छ । ती क्वारेन्टाइनमा एक हजार ३२७ जनालाई क्वारेन्टिन राखिएको छ भने होम क्वारेन्टिनमा दुई हजार १८८, आइसोलेशनमा ४६१ र होम आइसोलेशनमा ७६२ जना बसेका छन् । यस प्रदेशको आठवटै जिल्लाको सीमाना भारतसँग जोडिएको छ । भारतमा कोरो’ना स’ङ्क्रमण तीव्र रुपमा फैलिएको छ । सीमानामा आवतजावतमा रोक लगाइएको भएपनि लुकिछिपी भित्रिने व्यक्तिमध्ये कतिपय को’रोनाबाट सङ्क्र’मित पाइएका छन् । त्यस्ता व्यक्तिहरु परिवारमा घुलमिल गरेर बसेपछि को’रोनाको स’ङ्क्रमण ह्वात्तै बढेको देखिएको छ ।

जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

सम्बन्धित शीर्षकहरु