रवि लामिछाने र उनका समर्थकले उब्जाएका यी हजार प्रश्नको जवाफ दिने हिम्मत गरुन्

टिकाराम वली । शालिकराम पुडासैनीको आत्मह’त्या र रबि लामिछानेको पक्राउपछि सामाजिक सञ्जाल, मिडिया हाउस र युबट्युब च्यानल लगाएत विभिन्न तरिकाले व्यक्त भएका विचार, आक्रोश र एक अर्को प्रतिको बचाउको कारणहरु सायद केहि नबोल्ने मान्छे पनि बोलेका छन् ।

नलेख्नेले पनि लेखेका छन् । सबैमा आक्रोश सहितको भनाइ फरक–फरक तरिकाले सामाजिक सञ्जाल प्रयोगकर्ता विभिन्न मिडिया हाउस लागिरहेका छन् । कसैलेले रवि लामिछाने जसरी भएपनि रिहा हुनुपर्छ भन्दै सामाजिक सञ्जाल मार्फत आक्रमक भनाइहरु व्यक्त गरिरहेका छन् । कसैले पुडासैनी आत्मह’त्याको कारण पत्ता लगाउनु पर्ने भन्दै सरकारलाई सत्यतथ्य छानबिनमा कडाइ गर्न अपिल गरिरहेका छन् । यतिबेला सबै क्षेत्र तातिरहेको छ ।

राजनीतिक रूपमा पनि राजावादीहरु रवि लामिछानेको बचाउमा सडक तताउने दाउमा छन् । नेपाली काङ्ग्रेसका केहि नेताहरूको टिप्पणीहरु पनि रवि लामिछाने निर्दोष हुनुपर्छ भन्ने धारणहरु आएका छन् । सत्तारुढ दलका कार्यकर्ता र सुभचिन्तकहरु कानुनले सत्यतथ्य छानबिन गरि पुडासैनीको आत्मह’त्या सत्यतथ्य बाहिर ल्याउनुपर्छ भनिरहेका छन् ।

स्वतन्त्र नागरिकको बिचारहरु पनि त्यहीँ पक्ष र विपक्षमा तर्क, कूतर्कहरु व्यक्त भै रहेका छन् । त्यहीँ उत्पन्न घटना र व्यक्त भएका अनेक आक्रोश र एक अर्का प्रति घृणाको भावले बढिरहेको सामाजिक सञ्जाल प्रयोगकर्ता अराजकतामा पुगेका छन् । यस्तै अनेकौं आरोप र प्रतिआरोप आइरहेको बेला मैले पनि केहि नलेखी मन शान्त बनाउन सकिनँ।

सञ्चार माध्यम भनेको मानिसहरुको आँखा हो । हामीले छिटै विस्वास गर्ने । र छिटै आक्रोश व्यक्त गर्ने पनि सञ्चार माध्यम नै हो । सञ्चार माध्यमबाट आएका भएका र हुनेकुरा पनि हामीले अरुले भनेको भन्दा बढी मिडियामा आएको समाचारको आधारमा नै विस्वास राख्ने गर्दछौं ।

समाजमा घटेका हरेक राम्रो– नराम्रो घटनाको राज्य र नागरिकलाई सचेत र सुसूचित गराउने भुमिका पनि सञ्चार माध्यमले गरेको हुन्छ र सञ्चार माध्यमको दायीत्व पनि हो । राजनीतिक परिवर्तन देशको विकास र राजनीतिक पार्टीको भुमिका प्रतिको सवाल जबाफ गर्दै असल व्यवस्था सहि राजनीतिक नेतृत्वको खोजीमा सञ्चार क्षेत्र सधैं लागिरहेको देखिन्छ ।

त्यो सकारात्मक काम पनि हो । राज्यको नीतिनिर्माता सम्म सञ्चार माध्यमले बोलेका, राखेका र व्यक्त गरेका भनाइले लोकतान्त्रिक देशमा सुनाइ हुन्छ र हुनुपर्छ । मान्छे अन्यायमा परेकाको बेला राज्य सम्म पुग्न सकेनन् भन्ने पनि सञ्चार माध्यमको सहायताले मिडियाले न्यायीक आवाज राज्यको कान सम्म पुराउने काम गर्छन् । हरेक देशमा कानुन भन्दा माथि कोहि पनि छैनन् । तर यहाँ सकारात्मक कामको नाममा गलत काम त भएको छैन ।
आज यस्तै प्रश्न संग जोडिएको विषय रवि लामिछाने कहाँ पुगेर प्रश्न उठ्न थालेको छ । रवि लामिछानेले प्रस्तुत गर्ने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ के कसरी प्रस्तुत भएको थियो पहिलो कुरा त्यो जान्न जरुरी छ । सञ्चार माध्यमको काम कर्तव्य भनेकै सत्यको खोजीमा लाग्नु । अन्यायमा परेकालाई आफ्नो मिडिया मार्फत न्यायको आवाज बुलन्द गरिदिनु । राज्यले नदेखेको ठाउँमा पुगेर त्यहाँको सत्यतथ्य बाहिर ल्याउनु ।

समाजमा हुने भ्रष्टाचार, कमिसनको चलखेल, समाज र देशको यथार्थलाई आफ्नो मिडिया हाउसबाट जनतालाई सुसूचित गराउने दायीत्व पनि हो । मानवीय चेतनाको हिसाबले पनि सत्यको खोजीमा लाग्नु आम नागरिकको अधिकार हो ।आज समाजमा भएको व्यक्ति आ’तंक कुन पत्रकारीताको आधार भएको छ । रवि लामिछाने आज मिडिया हाउस, सामाजिक सञ्जालमा मनोरञ्जन पात्रको रूपमा पर्दामा देख्न सकिन्छ ।

रवि लामिछानेका सुभचिन्तकहरु अन्धभक्तको रूपमा रबि लामिछानेलाई कानुन भन्दा माथि राख्न आरोप र प्रतिआरोप गरिरहेका छन् । कानुनलाई लुंगीसँग दाँज्ने ? रवि लामिछाने नै न्यायाधीश हो ? रवि लामिछाने जे बोल्छन् त्यहीँ नै सत्य हो भन्ने । माननीय धर्मभन्दा बाहिर गएर रवि लामिछाने माथि हुने आलोचनालाई मान्छेको सामाजिक सञ्जालमा चरीत्र ह’त्या नै गरिदिने गतिविधिले रवि लामिछानेको पत्रकारीतामा प्रश्न केन्द्रित भएको छ ।

पत्रकारको काम निरपेक्ष यथार्थलाई उजागर गर्नु पत्रकारिता हुन्छ । थुप्रै पटकको विवादमा रबि लामिछाने पर्नुको विषय र कारण के हुन् ? रबि लामिछाने एउटा कार्यक्रम चलाउने पत्रकार हो । तर यहाँ अलिक फरक भएको छ ।सामाजिक सञ्जालमा अराजकता भित्रिएको छ । त्यो अराजकताले न कानुन मान्छ । न सरकारलाई मान्छ । न आलोचना सुन्न तयार हुन्छ । रवि लामिछानेका अन्धभक्तहरुले देखेको रवि लामिछाने यस्तो हुनुपर्छ । पुलिस प्रशासन पनि रवि लामिछाने । न्यायाधीश पनि रवि लामिछाने ।

सरकार पनि रवि लामिछाने । सामाजिक सञ्जालको मालिक पनि रवि लामिछाने देख्ने सुभचिन्तकको भरोसामा जे पनि आफै देख्ने रवि लामिछाने । आज अराजकता र सभ्यता नभएकाहरुको भिडमा हिरो बन्ने । शालिकराम पुडासैनीको आत्मह’त्यामा दुरु’त्सान गरेको आरोप रवि लामिछाने माथी छानबिन भै रहेकोको समयमा । फ़ेरि त्यहीँ अराजकहरुको भिडमा हिरोको रोल खोज्दै छन् । ज्ञानेन्द्र शाही, रमेश प्रसाईहरु रवि लामिछाने निर्दोष हुनुपर्छ भन्दै कानुनी राज्यको विरुद्ध पर्दामा निस्केर रवि लामिछाने बचाउ आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

शालिकराम पुडासैनी पनि यहीँ देशको नागरिक हुन् । एउटा पत्रकारले आत्मह’त्याको कारण रबि लामिछाने हो भनेर भिडियो बनाएर आत्मह’त्या गरेका छन् ।के आत्मह’त्या गर्न कसैलाई रहर लाग्छ र ? आत्मह’त्या कसैको रहरको बाटो कदापि हुन् सक्दैन । शालिकराम पुडासैनीले आँसुको थोपा बगाउँदै व्यक्त गरेको त्यो भिडियोले पनि बताउने गरेको आरोपको आधारमा रवि लामिछाने पक्राउ पर्नु गलत हो ?

ज्ञानेन्द्र शाही, रमेश प्रसाई लगाएत किन न्यायाधीश बन्दै सडक तताई रहेका छन् । एउटा नेपालीले आत्मह’त्या गर्न बाध्य भयो आर्को नेपाली त्यहीँ पुडासैनीको आत्मह’त्यामा खुसी व्यक्त गर्दै सडकमा निस्केका छन् । यो कस्तो अचम्मको मान्छेले मान्छेको वेदना नबुझ्नेहरुको भिड भयो ?

पुडासैनीको घरपरिवार आफन्त शोकमा डुबेका छन् । कानुनले छानबिन गरिरहेको छ । शालिकरामको परिवारलाई यति ठुलो पिडा परेको बेला कति पिडा भएको होला । श्रीमान गुम्दाको पल । आज शालिकराम पुडासैनीको परिवारको ठाउँ तपाईंहरु भएको रवि लामिछाने भन्दै सडकमा आउनु हुन्थ्यो ? समवेदना त व्यक्त गर्न सक्नु भएन ? कमसेकम मान्छेको चरीत्र ह’त्या त बन्द गर्नुस् । तपाईंहरु आफै न्यायाधीश आफै अपराधीको फैसला गर्नुहुन्छ भन्ने त्यो भन्दा ठुलो अराजकता कहाँ हुन्छ ?
अहिले एउटा अचम्मको जमात रवि लामिछानेको पक्षमा देख्न सकिन्छ । जसलाई जे पनि आरोप लगाई दिने । कसरी त्यो जमात तयार भयो ? आज रवि लामिछानेको ढाडमा टेकेर सरकार, पार्टीहरु, नेता, नेतृत्व सबैलाई असफल बनाएर रवि लामिछानेलाई दलाइ लामा बनाउने रवि लामिछानेको जनमत बढ्दै गएको छ । कुनै पनि घटनाको यथार्थमा पुग्न नखोज्नुको कारण के ?

आलोचना गर्ने छुट लोकतान्त्रिक देशमा सबैलाई हुन्छ । जोसुकै व्यक्ति, पार्टी, नेता र सरकारको आलोचना गर्ने छुट सबैलाई छ । तर त्यो आलोचनाले तथ्य न्याय र यथार्थको बाटोमा छ कि छैन ।त्यो बुझ्न् अनिवार्य हुन्छ । अहिले भएका आलोचना, आरोप र प्रतीआरोप हेर्दा कसैको चरीत्र नै ह’त्या गरिदिने सबै त्यहीँ रवि लामिछाने र रवि लामिछानेका सुभचिन्तकले बोलेको मात्र सहि हुने । अरुले आलोचना मात्र गर्‍यो भन्ने चरीत्र ह’त्या नै गरिदिने । यो कस्तो र कहाँबाट भित्रेको संस्कृति हो ?

कभर हेर्दा पशुपती नाथ जस्तै पवित्र देखिने सिधा कुरा जनतासँग प्रस्तुत कार्यक्रम भित्र हेर्दा भाङ तान्ने अर्धनग्न बाबाहरु जस्तै देखिने भएपछि । जहाँ चर्चा मिल्ने भिड देखिन्छ त्यहाँ जसरी पनि पुग्ने रवि लामिछानेको सिधाकुरा जनताको कार्यक्रम भिडमा उभिने पीडितहरुले न्याय पाएको कुरा सत्य हो । भीडभाड भएको दुई चारजनाले पुष्प गुच्छा र फुलको मालामा बसेर रवि लामिछानेले गरेको काम कर्तव्य पनि सबैलाई थाहा भएको कुरा हो ।

न्याय समानता र मुक्ति बाटो भन्दा पनि सामाजिक सञ्जालमा भाइरल बन्ने लोकप्रियताका साथ रवि लामिछानेले सिधा कुरा जनता संग कार्यक्रम चलाएका थिए । अरु पत्रकार भन्दा रवि लामिछाने कसरी एक्कसी चर्चामा आए। सामाजिक प्रयोगकर्ताको भिडमा उनले सिधाकुरा जनता संगको कार्यक्रम पुर्याउनु नै उनको चर्चाको आधार बन्यो । सामाजिक सञ्जाल प्रयोगकर्तालाई विश्वासमा ल्याउन सफल भए । रवि लामिछानेको आलोचना भयो भन्ने त्यसको प्रतिवाद गर्ने भिडलाई चाहिएको खुराकको लोकप्रियतामा कमि हुन पाएन ।
चर्चा कै पछि कुदिरहेका रबि लामिछानेले । सत्य र असत्यको अध्यन नै गर्न चाहेनन् । शक्ति बढ्दै जादा सामाजिक संजाल र मिडिया हाउसमा लोकप्रियता एकपछि आर्को चर्चा हुदै जादा रवि लामिछानेमा महत्त्वाकांक्षा बढ्दै गयो । त्यहीँ चर्चाको महत्त्वाकांक्षा र घमण्डले आफुले जे गरेपनि सत्य मै हु भन्ने अहमतामा रहिरहनुले आज नेपालको पुरै सामाजिक संजाल र केहि मिडिया हाउस नै अराजक गतिविधि बढेको छ । अरुको आवाज नसुन्ने रवि लामिछानेले अपराध गरेपनि ठिक हुने त्यो भन्दा ठुलो अराजक कहाँ हुन्छ ?

सरकार, पार्टी, नेता, र नेतृत्वमा जनताले राखेको अपेक्षामा विश्वास गुम्दै जादा । नागरिकको नजरमा ठिक र सहि हाम्रो लागि हो हुन् सक्छन् भन्ने अपेक्षा लामो समय सम्म प्रतीक्षा गरिरहेका केहि नागरिकको नजरमा । सहि ब्याक्तित्व आकाशबाट आए जसरी पर्दामा एक्कसी आएको कार्यक्रम हो रवि लामिछानेको चर्चा । केहि यथार्थलाई बढाई चढाई कृत्रिम रूपमा तयार पारिएको कार्यक्रमले पारेको प्रभाव र आ’तंक हो सिधाकुरा जनता संगको प्रस्तुत कार्यक्रम ।

यथार्थ भन्दा बढी लोकप्रियताको हावा चल्नुपर्छ भन्ने सोचाइले पारेको प्रभाव पनि हो । त्यहाँ प्रस्तुत भएका कार्यक्रमको प्रस्तुति हेर्दा सस्तो लोकप्रियतामा डुबेको पकै देखिन्छ । सिधा कुरा जनतासँग कार्यक्रमको नाम नै लोकप्रियताका साथ राखिएको छ । लामो राजनीतिक परिवर्तन पछि पनि समाजमा रहेको तमाम उत्पीडनको जालोले भरिएको फाइदा रवि लामिछानेले उठाएका छन् ।

जनतालाई सरकार, राजनीतिक र नेताहरूमा विश्वास गुम्नुको कारण पनि हो अहिलेको अराजकता । सबै समस्या रवि लामिछानेको कार्यक्रमले हल गर्छ भन्ने मनोवृत्ति केहि नागरिकमा रहेको पाइयो । रवि लामिछानेले पनि त्यहीँ अन्योलमा रहेका केहि नागरिक र राजावादीहरुलाई त्यो कार्यक्रमले मन जितेर रवि लामिछाने प्रतिको विश्वास बढाउन सफल भएका छन् । कारण पछिको यथार्थमा पुग्दा अहिले रवि लामिछाने सामाजिक सञ्जालमा पनि छताछुल्ल मनोरञ्जनको पात्र भएका छन् ।

शालिकराम पुडासैनीले संसार छोड्दा कसैलाई पिर परेको छैन । रवि लामिछानेले दुईचार दिन माइक्रोफोन छोडदा जताततै भक्तजनहरु रुवाबासी पोख्दै छन् । के यहीँ हो सभ्य नागरिकको परिचय ? कहिले सिधा कुरा भुत संग कहिले सिधा कुरा ला’स संग ? आज सिधा कुरा ला’समा उभिएको छ । त्यो भिडियोमा बोलिरहेका बोल्दै गर्दा आँखा बाट बगिरहेको आँसुको धाराले पनि त्यहाँ पिडा सहित व्यक्त भिडियो साच्चिकै केहि रहस्य पकै देखिन्छ । म आग्रह गर्दछु मोरेको ला’सलाई घृणा गरेर सत्यतथ्य लुकाएर ।

त्यस्ता घटना फ़ेरि न घटुन भन्ने सबैको चाहना हो । मान्छेले हजारौं कठिनाइमा पनि आफ्नो अमुल्य ज्यान गुमाउन चाहदैनन् । त्यहीँ अमुल्य ज्यान गुमाउने सालिकराम पुडासैनीको ला’समा खुसियाली मनाउने तपाईंको भक्तहरुमा धैर्यताको पाठ सिकाउन सक्नु भएन ।
बाच्नलाई मुस्किल बनाउने । मो’र्नलाई बाध्य बनाउने रवि लामिछाने होइनन् भन्ने ।छानबिन मै किन डराएका छन् । अराजकहरुको मात्र प्रिय मान्छे होइन छानबिनलाई सहज बनाई सबैको प्रिय मान्छे बनाउने कि ? एउटा पत्रकारको काम र कर्तव्य पनि हो सत्यतथ्य छानबिन प्रती विश्वास गर्नु । त्यहीँ सत्यको माइक्रोफोनमा दाग लाग्न खोजेको छ । आज बचाउको आन्दोलनमा लाग्ने स्वतन्त्र नागरिक मात्र कदापि छैनन् । त्यहाँ विभिन्न चर्चा र आफ्नो राजनीतिक जनमत बटुल्ने पात्र र प्रबृत्ति सहज रुपमा देख्न सकिन्छ । आलोचना र विमति सहन नसक्नेहरुले धेरै दिन साथ दिन सक्दैनन् । त्यो कुरा रवि लामिछानेहरुका विश्वास पात्रहरुले बुझ्न् जरुरी छ ।

झुटले जितेर सत्य डराएको कदापि होइन । सत्यलाई असभ्य बनाएपछि थोरै दिन मात्र असत्यको हावा चलेको मात्र हो । सत्य बोल्नेहरुले आत्मह’त्या गर्नु पर्ने र झुट बोल्नेहरुले रजाइँ गर्नुपर्ने कल्पना कसैको हितमा हुदैन। कसैको ह’त्या कसैको कारण हो भन्ने अहिले बचाउ को कुनै अर्थ छैन । सचेत नागरिकको आवाज सत्यतथ्यमा हुनुपर्छ । दोषि नभए स–सम्मान रिहा । र दोषि भए कडा कार्वाही हुनुपर्छ । बिरोध र समर्थन चर्चा र परिचर्चामा होईन ।

यथार्थमा गरौं । ज–जसको प्रिय मान्छे भएपनि कानुनले गर्ने यथार्थमा विश्वास गरौं । घटनाले कठघेरामा उभाएपछी । त्यहाँबाट आउने सत्यतथ्य सबैले मान्ने आट गरौं । असभ्य बकबासको अत्य गरौं । अराजकताले निम्ताएको परिणाम सामाजिक सञ्जालमा रवि लामिछाने मनोरञ्जनको पात्र भएका छन् । असभ्य बहस गर्दा पनि ख्याल गरौं । सक्नुहुन्छ भने रवि र रविका समर्थकहरुले यहाँ प्रस्तुत गरिएका सयौँ प्रश्न र ती प्रश्नले प्रतिनिधित्व गर्ने हजार प्रश्नको जवाफ फर्काएर चित्त बुझाउँनुहोस् । -शब्द र प्रस्तुती लेखकका नीजि धारणा हुन् ।

Comments

comments

60 Shares
सम्बन्धित शीर्षकहरु