हिरासतबाट निकालेको पाँच मिनेटमै घ*टनामा मेरो संलग्नता नभएको प्रमाणित गर्न सक्छु : रवि

काठमाडौं। शालिकराम मृ*त्यु प्रकरणमा अनुसन्धानका लागि हि*रासतमा रहेका रवि लामिछानेले आफू रि*हा भए पाँच मिनेटमै घटनामा आफ्नो सं*लग्नता नभएको प्रमाणित गर्न सक्ने बताएका छन् । रविकी श्रीमती निकिता पौडेलको फेसबुक स्टाटसमार्फत रवि लामिछानेले यस्तो बताएको उल्लेख गरिएको छ । फेसबुक स्टाटसमा लेखिएको छ, “यो घ*टनालाई लिएर प्रहरीले मलाई पाँच वर्ष नै थु*न्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हि*रासतबाट निकालेको पाँच मिनेटभित्रै यो घ*टनामा मेरो कहि कतै सं*ग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु ।”

रविले घ*टनाको छा*नबिनमा प्रहरीले समय लगाएको र आफूलाई नियतवश फसाउन लागेको आरोप लगाएका छन् ।साउन ३० गते शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुको पाँच-पाँच गरी १० दिनको म्या*द थप गरेर अनुसन्धान भइरहेको छ । बुधबार दिउँसो रवि श्रीमती निकिता काठमाडौं महानगरीय प्रहरी परिसरमा शालिकरामको मृ*त्यु अघि खिचिएको भिडियो सक्कली नभएको भन्दै उजुरी दिन गएका थिइन् । तर, प्रहरीले उक्त घ*टना चितवन प्रहरी र सिआईबिको टोलीले अनुसन्धान गरिरहेको भन्दै उजुरी लिन अ*स्वीकार गरेको थियो ।

हेर्नुहोस रबि लामिछाने को तर्फबाट निकिता पौडेलको फेसबुक वालमा लेखीएको यो स्टाटस ।‘शालिक राम पुडासैनीको घ*टनाको बिषयमा मैले प्रहरीलाई अ*नुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हि*रासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि ।म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घ*टनामा हाम्रो कहि कतै सं*ग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्या*द थप्दै प्रहरीले चलाएको क*दम हामीलाई फ*साउँने गरी सु*नियोजित र नि*यतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।

पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै अ*सुरक्षित भएको महसुश गरेको छु ।बयानका लागि मेरा भनाई समावेश गरिरहदा म हि*रासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?तसर्थ अन्य तर्फको अ*नुसन्धान अगाडी बढाउँनु पर्नेमा अ*नुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु ।प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फ*साउँने नि*यत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र अ*सुरक्षित रहेको म*हसुश गरेको हुँ ।यो घ*टनालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थुन्ने नि*यत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हि*रासतबाट निकालेको ५ मिनेटभित्रै यो घ*टनामा मेरो कहि कतै सं*ग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु । ” रवि लामिछाने “ We are for TRUTH; We are for JUSTICE”

Comments

comments

84 Shares
सम्बन्धित शीर्षकहरु