युटुबर पत्रकार हैनन् उनीहरुले समाज विथोल्ने भए : सञ्चारमन्त्री

काठमाडौं । अहिले प्रविधिको बढ्दो प्रयोग सकारात्मक भन्दा नकारात्मक धेरै भएको छ । पछिल्लो समय चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरणमा सामाजिक सञ्जालहरुमा आएका कुराहरुले गर्दा यसको अवस्था झल्काउन सहयोग गर्छ । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले युट्युव लगायतका सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री सम्प्रेषण गर्ने गरेको बताउनु भएको छ ।

आज सञ्चार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले न्याय सम्पादनको विषयमा सामाजिक सञ्जाल ट्रायल भइरहेको कुरा आएको बताउँदै अदालतको फैसला ट्रायल हुने बताउनुभयो । अनुसन्धानलाई प्रभावित हुने तरिकाले यो ठीक हो, यो बेठीक हो भन्ने काम सामाजिक सञ्जालको नभएको उहाँले स्पष्ट पार्नुभयो । साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो, ‘भक्तपुरमा कसले कोसँग मिलेर आमालाई मा’रिन्, निर्मला प्रकरण, पुलिस जता जान्छ अर्कोतिर अपराधी छ भनेको छ, पुलिसलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न पनि दिँदैन ।
कि जुलुस कि धर्ना कि होहल्ला मच्चाइदिने काम भएको छ ।’ यस्ता अराजकतालाई नियन्त्रण गर्नका लागि सरकारले सूचना प्रविधि विधेयक संसदमा दर्ता गरेको मन्त्री बास्कोटाले जानकारी दिनुभयो । उहाँले ठूला मिडिया हाउसमाथि पनि प्रश्न उठाउँदै मिडिया सामाजिक सञ्जालबाट प्रभावित भएर किन चल्दैछन् भनेर प्रश्न गर्नुभयो । बोल्दै जाँदा उहाँले भन्नुभयो, ‘प्रेस कार्ड पनि लिएका हुँदैनन् युट्युवरले, अस्ति धन्न यहाँ सिंहदरबारमा आत्महुत्या भएको दिन आइपुगेनछन्, युट्युवर ।

यहाँ आइपुगेको भए के के हुन्थ्यो होला हेड्लाइन् । अचम्मै हुन्थ्यो हो हल्ला, जुलुस धर्ना, को कस्का पक्ष, को कस्का बिरोधी भनेर उपद्रै भइसक्थ्यो । घटनालाई रहस्यमय बनाईदिने, टाइटलहरु त्यस्तो हालिदिने । त्यो मिडियाको काम हैन ।’ उहाँले नेपाली प्रेस जिम्मेवार, मर्यादित र भविष्यका लागि सबैभन्दा सचेत बन्नुपर्ने बताउनुभयो ।

Comments

comments

11 Shares
सम्बन्धित शीर्षकहरु