नेपाल राष्ट्रिय फुटबल टिम आज मलेसिया जादै; पुरा जानकारी

मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टिम आज मलेसिया जाने छन् ।

मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग एक मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघले जनाएको छ । नेपाली टोली आज राति १० बजे मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ ।

नेपालले जोहारसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले मलेसियन क्लबसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा यसअघि नै गरिसकेको छ ।

मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टिममा फरवार्ड विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले पुनरागमन गरेका छन् ।

नियमित सदस्य तथा कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्द टिममा अटाएका छैनन् । कप्तान बिराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् ।

यस्तै किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन् । रोहित इन्डोनेसियाको लिगमा व्यस्त रहेका छन् ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाली टिम :

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्ड : विमल घर्तिमगर सहित विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

Comments

comments

1 Shares
सम्बन्धित शीर्षकहरु