जनकपुरको मुटुमै ल्याण्डफिल्ड साईट, ‘अलि अलि लाज त लाग्नुपर्ने हो ‘ !

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरका युवाहरुले जनकपुरको पहिचानलाई तत्कालै न्याय दिलाउन सक्छ भनेर प्रश्न खडा भएको छ ।
जनकपुरको प्रमुख केन्द्र मानिएको रामानन्दचोक नै फोहोरका कारण दुर्गन्धित बनेको छ ।

मिडिया र प्रचार प्रसारमा जनकपुर सफा र सुग्धर भएको भनेर भनेपछि जनकपुरधामको यो दृश्य काल्पिनीक नभई वास्तविक हो । जनकपुरको रामानन्दद्धार नजिकै रहेको बस स्टेण्ड नजिक नालामा राखिएको फोहोरका कारण अहिले रामानन्दचोक ल्याण्डफिल्ड साईट जस्तै बनेको छ । जनकपुरको प्रमुख केन्द्र मानिएको रामानन्दचोकको यो दृश्य अहिले समाजिक सँजालमा ट्रोल भईरहेको छ ।

समाजिक सञ्चाल फेसबुकमा ट्रोल गरिएको यो तस्विरको क्याप्सनमा भने – “यो जनकपुरको मुख्य केन्द्र हो। अलि अलि लाज त लाग्नु पर्ने हो” भनेर ट्रोल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकदेखि केही उत्तरपट्टि बस स्टेण्ड तथा माईक्रोहरु लाग्ने स्थानमै यस्तो फोहोरले सिँगो चोक दुर्गन्धित बनेको छ । नगरपालिकाबाट खटाइएको सफाई कर्मचारी पनि पिच गरिएको सडक बाहेक नालामा ध्यान नदिँदा यस्तो दुर्गति भएको हो ।

फेसबुकमा यो तस्विरलाई ट्रोल गर्दै मोना थापा लेख्छिन् ,- “अलिकति होईन, धेरै नै लाज मान्नुपर्ने हो” । जनकपुरधामलाई पूर्ण सफाईको दाबी गर्दै प्रचारमा जुटेका नगरपालिकाका मेयर लालकिशोर साहले भने यस दृश्यप्रति ध्यान नदिएको देखिएको छ । सोही क्रममा कार्की जय बहादुर लेख्नुहुन्छ प्रदेशको राजधानी मात्रै चाहियो ? सफाई कसैलाई चाहिएन, राजनीति र पैसा मात्रै चाहिएको छ ।

फेसबुकमा दिल्ली रमण पौडेलले राखेको यो तस्विरमा टिप्पणी गर्दै प्रदीप कोईराला लेख्नुहुन्छ : “अक्षम मेयर हरु सबैनगरपालिका उस्तो हो , कोहो तेस नगरको मेयर कार्बाही गरियोस यस्ता लाइ पदच्युत गरिनुपर्छ ।”, सोही क्रममा तेज विक्रम कार्कीले – “वाउ, कलरफूल सिटि (रँगीन सिटी)” भनेर ट्रोल गरेका छन् ।

बेला बेलामा विभिन्न घटनालाई राजनीतिक तथा समाजिक मुद्दा बनाएर मिडियामा आएका जनकपुरका अगुवा र युवाहरुले पनि यसलाई नजरअन्दाज गरेको देखिएको छ । विभिन्न घटनाप्रतिघटनामा आवाज उठाउँदै आएका युवा अगुवाहरुले यसप्रति आवाज उठाउनु आजको आवश्यकता देखिएको छ । साप्ताहिक सरसफाईको नाममा प्रत्येक साता सरसफाई गर्ने अभियानीहरुले पनि रामानन्दचोकको बस स्टैण्डलाई देख्न सकेका छैनन् ।

देश विदेशबाट माईक्रो, बस तथा सार्वजनिक यातायातबाट आउने पर्यटकहरु भने सबभन्दा पहिले रामानन्दचोकको यही ठाउँमा पाईला टेक्छन् । सफाई भएकै ठाउँमा झाडु लिएर फोटो खिचाएर जनकपुरको कलेण्डर सजाएका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले यसप्रति गम्भिर नभएको देखिएको छ । फेसबुकमा ट्रोल गरिएको जनकपुरलाई जनकपुरका युवाहरुले जनकपुरको पहिचानलाई तत्कालै न्याय दिलाउन सक्छ भनेर प्रश्न खडा भएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु