११ वर्षिय भाइरल नानीको सपना पुरा हुने भएपछि भक्कानिएर रोईन दोहोरीमै,भोलि इन्द्रेणीमा गीत गाउदै!

पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आउने भएकी छिन।कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा उनि आउने भएकी हुन्।उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना उनि संगै भाइरल भएका गायक तथा पत्रकार अमृत सापकोटा र पत्रकार कमल सरगमले गर्ने भएका छन।कृष्ण कंडेलले साथ् दिने भए पछि उनि काठमाण्डौ जाने भएकी छिन।कृष्ण कंडेलको लाइभ दोहोरीमा उनले पनि दोहोरी गाउने भएकी छिन।उनको आवाजमा यो समय लाखौ दर्शक झुमिएका छन।आवाज मात्रै हैन उनले सहजै दोहोरी फर्काउने भएर पनि होला अहिले उनलाई सर्बत्र खोजिरहेका छन दर्शकले।यो समय उनको खोजि हुदै गर्दा अब उनको गीत कस्तो होला भन्ने प्रश्न पनि उठ्न थालेको छ।हेरौ यो दोहोरी पनि :

पूर्वसभासद् कार्की जेल चलान
काठमाडौं : अदालतले घुसकाण्डमा दोषी ठहर्‍याएको पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् । अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका-१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो। अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । घुस काण्डमा सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले १ लाख जरिवाना र ६ महिना कैद हुने फैसला सुनाएको थियो ।

२०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा रकम लिइ स्वामी ब्रम्हानन्द उदासीनले २ लाख पाँच हजार र कार्कीले १ एक लाख लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार÷चार महिना कैद र बिगोबमोजिम एक÷एक लाख जरिवाना हुने फैसला सुनाएको थियो। प्रतिवादी डोलबहादुर कार्की तत्कालिन संविधानसभा तथा व्यवस्थापिका-संसद्को सभासद् भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महिना कैद सजायसमेत थप गरी छ महीना कैद र १ लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो।

यो पनि:

यो पनि पद्नुहोस:

कांग्रेसका नेताहरुले भने, ‘मन्त्रि हुन् त योगेश भट्टराई जस्तो’

आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रनुभयो। सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झर्नुभयो । उहाँहरु गफिदै अघि बढ्दै गर्दा स्वागत गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत पुग्नुभयो । बहालवालामन्त्री भएकाले बस्नेतले आफ्नो हातको खादा मन्त्री भट्टराई तर्फ जब लैजानुभयो मन्त्री भट्टराईले रोक्दै सिटौला तर्फ देखाउँदै भन्नुभयो, “पहिला दाइलाई ।” उहाँको भनाईसँगै बस्नेतलेसँगै रहनुभएका सिटौलालाई त्यही खादा पहिले ओडाउनुभयो अनि मन्त्री भट्टराईलाई अर्को खादा ओडाउनुभयो । यो सबै हेरिरहेका नेता कार्यकर्ता स्तब्ध देखिए । दुई खादा र फूल बोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै सम्मानको भावसँगै मन्त्री भट्टराई बाहिरिनुभयो ।

चितवन क्षेत्र नं– २ का सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोख्रेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गर्नुभयो । उहाँले भन्नुभयो,“मन्त्रीले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ । ” पोख्रेलले थप्नुभयो, “लोकतन्त्र र गणतन्त्र यही पार्टी मिलेर ल्याएका हांै, अब हामी समृद्धिका लागि पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।” युवाहरुले यो खालको संस्कार देखाउनुपर्ने पोख्रेलले बताउनुभयो ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विपक्षी दलका नेतालाई जुन सम्मान मन्त्री भट्टराईले दिनुभयो यसले मुख्य दल मिल्नुपर्छ भन्ने सन्देश प्रवाह भएको विचार राख्नुभयो । उहाँहरुको स्वागतमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेल, काङ्ग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाललगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

मन्त्री भट्टराई भरतपुर विमानस्थल विस्तार सम्बन्धी छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजन सम्बन्धी कार्यक्रममा सहभागी हुन चितवन आउनु भएको हो । केही दिनअघि मन्त्री भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवालाई भेट गरी जानकारी गराउनुभएको थियो ।

Comments

comments

907 Shares
सम्बन्धित शीर्षकहरु