वामदेव गौतमलाई पनि डेंगु !

काठमाडौं। नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ। सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको छ। उनलाई सोमबारबाट ज्वरो आएको थियो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन्।गौतम केही समयअघि सिंगापुर गएका थिए। त्यही उनलाई संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन्।

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ। यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो। त्यस्तै वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई पनि डेंगु देखिएको छ।

शुक्रराज अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सातजना स्वास्थ्यकर्मीलाई पनि डेंगु देखिएको छ।

सरकारका कारण पशुपतिनाथमा गंगा आरती बन्द गर्ने तयारी
काठमाडौं- पवित्र धार्मिकस्थल पशुपतिनाथ मन्दिरमा विगत ११ वर्षदेखि निरन्तर चलिरहेको गंगा आरती बन्द गर्ने तयारी भएको छ । सरकारले गंगा आरती अगाडी राष्ट्रगान बजाउन दबाब दिएपछि यस्तो परिस्थितिको सृजना भएको हो ।

सोमबार आकस्मिक रुपमा गंगा आरती सेवा सञ्चालक समितिको बैठकले सरकारले दिएको आदेशको अवज्ञा गर्ने समेत निर्णय गरेको छ।

सरकारका संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले गंगा आरती अगाडी राष्ट्रगानबाट गर्नुपर्ने उर्दी जारी गरेपछि आर्यघाटमा हरेक दिन पार्थिव शरीरको अन्तेष्टि हुने र शोकाकुल आफन्तहरु असहज परिस्थितिमा पर्ने हुँदा त्यो आदेश फिर्ता लिन गरेको आग्रह मन्त्री भट्टराईले अस्वीकार गरेपछि अवज्ञा गर्न बाध्य भएको समितिले बताएको छ ।

समितिले सरकारले यस्तो दबाबदिइरहे आरती नै बन्द गर्ने चेतावनी पनि समितिले दिएको छ।

Comments

comments

237 Shares
सम्बन्धित शीर्षकहरु