विरोध र आलोचनाबाट आत्तिएर र समर्थनबाट मात्तिएर कहिले पनि बहकिने छैनौं । शिर न आफ्नो झुकाउँछौं, न तपाईको झुक्न दिन्छौं – रबि लामिछाने

काठमाडौं।केही विश्राम पछि कार्यक्रमलिएर आएका छौं । सम्मानित अदालतले हामीलाई सालिकरामप्र*करणमा चुइक्क नबोल्न आदेश दिएकोछ । आदेश शिरोपर छ, श्रीमान । यसैपनि आफ्नै विषयमा विचाराधीन मुद्धामा म किन बोल्थे र ! तर, यो देशका त्यस्ता सयौं–हजरौं मु*द्दाहरु छन्, जसको विषयमाबोल्न सकिएन भने चाँहि पा*प होइन, महापा*प लाग्छ । ठूला–ठूला मानिसहरु हाम्रा साना–साना बिषयको उठानले किन ऐठानमा पर्छन् भन्ने कुरा हाम्रोटिमले कहिल्यै पनि पत्तालगाउन सकेन ।

यो कार्यक्रम १०० वर्ष चल्यो भनेपनि हामीले गर्ने साना–साना कुरा मात्रै हो । आवाज नभएका मानिसहरुमाथि चरम अन्याय भएको छ, राजनीतिज्ञको जीवनमा आमूल परिवर्तन आउँदा आम सर्वसाधारणको घरमा केही पनि नआउने ? कहिले पनि नआउने ? यत्ति सानो प्रश्न त सोध्न पाइएला नि यति ठूलो लोकतन्त्रमा ! हि*रासतमा बस्दा एउटा सानो फुकिठल लिखुरे केटो जो विवाहित र एक छोराको पिता भैसकेको छ । उसमाथि ३ जना मुस्तन्डे पुरुषलाई ब*ला*त्का*र गर्न खोजेको आ*रोप लागेको रहेछ ।

बोल्न खोज्दा कान रन्किने गरि झापड खाएछ । एउटा मरन च्याँसेले ३ मुस्तन्डे कसरी ब*ला*त्का*र गर्ने प्रयास ग¥यो होला भनेर सोच्न त पाइन्छ तर सोध्न पाइन्न । ती मानिस र तिनका परिवार कहाँ जाने ? गर्न खोजेको यत्ति हो कि तिनको आवाजलाई नेशनल मिडियामा स्थान दिने र आफ्नो पीडा आँसुसँगै भए प्रमाण नभए प्रमाणित हुन सक्ने आधारहरु सबै सामू राखिदिने ! आज पनि यही सानो काम निरन्तर गर्ने उही प्रतिबद्धता दोहो–याउन चाहन्छु । घरखेत बेचेर एजेन्टलाई पैसा बुझाएर बसेको एउटा युवा पहिला देशभित्र ठगिन्छ । विदेश पुगे पनि उतै अलपत्र पर्छ । उसको पीडा कहाँ पोख्ने ?

यही सानो कुरा नै हाम्रो लागि ठूलो कुरा हो । सबै पीडाको प्रमाण हुँदैनन्, कहिले काँही आँखाको भाका पनि पढ्नुपर्छ । विश्वासमा विना कागज २/४ लाख दिएर उल्टो आफै ठगीको मुद्धा खेपिरहेका मानिस घर–घरमा छन् । उजुरी कहाँ गर्ने ? प्रमाण के दिने ? तिनका कल रेकर्डिङ, टेक्स्ट म्यासेज हेरेर त्यस्ता पीडितका लागि कार्यक्रमको २/४ मिनेट खर्च गरेका हौं र यो गरिरहन पाँउ । यो पत्रकारिताको उदाहरण नहोला तर, मानवता र नागरिक कर्तव्यको संवाहक त हो नी ।

बस यही प्रतिबद्धतालाई निरन्तरता दिने वाचा गर्न चाहान्छौं । यो मुलुक कता जाँदैछ ? राजनीतिले कुन मोड लिन्छ ? फलानो नेताले फलानो कुरा किन भन्यो जस्ता बिषयलाई मैले हाललाई बकबास भनेछु भने माइन्ड नगरिदिनु होला । अघाएको मानिसले भोको मानिसको पीडा बुझ्न सक्दैन । तपाईको घरबाट, आकाशमा उडेर गएको मानिस बाकसमा फर्किएको छ ? मेरो त छैन तर कसैको त छ । जसको छोरा बाकसमा आएको छ, उसको पीडाको प्रतिनिधित्व गर्दा बौद्धिक भइदैन, स्ट्याण्र्ड भइदैन, एकेडेमिक भैदैन, सतही बनिन्छ भने होस्, तपाईहरु सिंहासनमा बस्नुहोस् ।

हामीलाई यो भुँई प्यारो छ । देशमा दुख छ, जीवन आँफैमा क*ष्टप्रद छ तर, यो देशको नेतृत्वले जान्यो भन्ने नागरिकले यति दुखै पाउँदैनन् विश्वास गर्नुस् । यो सब नजानेर हो । सामाजिक बेथिति, विकृति, विसंगतिका लागि तलैबाट आवाज उठाउनु जरुरी छ । ठूला मद्दामा ठूलै चलखेल छन्, थाहा छ । तर सबै दल नमिलिकन ठूला भ्रष्टाचार हुँदैनन् । त्यसतर्फ सचेत गराएपनि हामीलाई त ति सानी छोरीको चिन्ता छ, जसलाई हिसाब सिकाउने बहानामा कुनै पिपासु शिक्षकले गलत नियतले छोइरहेको छ ।

मालपोतको कोठाचोटामा विचौलिया छिराएर आफ्नो कमिशन घरैमा एकमुष्ठ म्याडमलाई बुझ्न लगाउने देखि कमसल सामग्री प्रयोग गरेर बाटो, पुल, अस्पताल बनाउनेहरुको निगरानी त नगरी हुँदै हुँदैन । १ पैसामा ह्वील चेयर दिन्छु भनेर टेण्डर पार्ने कहाँ छन् ? थाहा छैन, तर जे*लमा त पक्कै छैनन् । सबै हामी गर्छौंm हामीले गरेका हौं भनेर हुटिट्याँउनले आकाश थामेजस्तो भ्रममा छैनौं हामी । तर सेवाग्राहीसँग घुस माग्नेको भिडियो कसरी खिच्ने र कसरी सामाजिक सञ्जालमा हाल्ने ? भनेर त हामीले धेरैलाई सिकाइसक्यौ ।

काठमाडौंमा सरकारले दिएको घरमा बस्ने कति जना मन्त्रीका छोराछोरी नाती नातीनाको उपचार कान्ती बाल अस्पतालमा हुन्छ ? जनतालाई शिक्षा स्वास्थ्यमा पहुँच पु¥याइदिन्छु भनेर गएकाहरु सबैको पहुँच देशका महंगा अस्पताल र स्कुलहरुमा भयो तर जनताको छोराछोरीका लागि चाँही कन्तविजोग भएको कान्ती अस्पताल ? तपाईका सन्तानलाई राम्रो, महंगो अस्पताल ! जनतालाई चाँही त्यस्तो हबिगत भएको अस्पताल ? भोट उसको, मोज तपाइको ? कहिलेसम्म ? बस् जनताको दुखको सहयात्री हुँदै यति जाबो प्रश्न गरेका हौं । सरकारको सहयोगी यो कार्यक्रमले त आफ्नो पहुँच बढाउन अनुदान पाउनुपर्ने हो जस्तो लाग्छ ।

तर बदलामा के पाइरहेका छौं ? त्यो सबै सामू स्पष्ट छ, पछि हट्ने एउटा कारण होला तर, अघि बढ्ने सयाँै होइन हजाराँै कारण छन् । त्यस मध्यको एउटा कारण यी तस्वीरहरु हुन् । यो अपार भीड हाम्रो सत्कर्मले प्रवाभित भएर मात्र जम्मा भएको होइन, धेरैको कुकर्मबाट वाक्क भएर, थाकेर पनि जम्मा भएका हुन् । देशका धेरै स्थानमा र विदेशमा समेत यसरी नै जम्मा हुनुभएका धेरैलाई भेट्न र सम्बोधन गर्न जान सकिएन । तर, तपाईको भावनामा ठेस लाग्ने काम कदापी गर्दैनौं । विरोध र आलोचनाबाट आत्तिएर र समर्थनबाट मात्तिएर कहिले पनि बहकिने छैनौं । जनताको पीडा र आवाजको प्रतिनिधि हौं ।

यही क्षेत्रबाट अझ जिम्मेवार हुँदै यो माटोको सेवा गरिरहनेछौं । कार्यक्रमको रुपरेखामा हेरफेर होला, केही झल्याक झुलुक फेरिएलान् तर तपाईको आवाज बन्ने प्रतिबद्धता कहिले फेरिने छैन । कमजोरी होलान्, सुधार्छौं, परिपक्क छैनौं होला अब बन्छौ । जानेनौं होला, सिक्छौ तर पत्रकारिता जस्तो पवित्र कर्म गरेर अर्काका लागि आफ्नो कलम र आवाज कहिल्यै पनि बिक्री गर्ने छैनौं । भइपरी आउँदा २/४ भाषण ठोकियो होला, तर यो कर्म गरुन्जेल नेतागिरी गरेर तपाईको साथ र समर्थनको दुरुपयोग विल्कुल गर्ने छैनौं ।

आवाज विहीनहरुका लागि हाम्रो कार्यक्रमको ढोका सदाझै खुल्ला छ । सकेको सहयोग गर्छौं, जानेको सल्लाह दिन्छौं, त्यतिले नपुगे टेलिभिजनमा तपाईको समस्या देखाउँदै समाधानको प्रयास गर्छौं । हाम्रो पहुँचलाई देशैभरि पु-याउन धेरै गर्नुछ । अबको दिनमा त्यहि प्रयास गर्ने छौं । धेरैको आँसु पुछ्न पाएका थियौं, यस पटक विपतमा हाम्रो आँसु पुछ्न हात बढाएर तिर्नै नसक्ने गुण लगाइदिनु भएको छ । देशैभरीका र विदेशमा समेत रहनु भएका दर्शकहरुलाई सीधाकुरा टिमको नमन र सलाम ! शिर न आफ्नो झुकाउँछौं, न तपाईको झुक्न दिन्छौं ।

यो पनि :

Comments

comments

3K Shares
सम्बन्धित शीर्षकहरु