नेकपाको शपथमा झडप र तोडफोड, नेताको टाउको फुट्यो (हेर्नुहाेस भिडियो)

बर्दिबास : महोत्तरीमा बोलवला नेताहरुले नेकपालाई प्राइभेट कम्पनी बनाउन खोजेको भन्दै असन्तुष्ट पक्षधरले झडप र तोडफोड गरेका छन्। झडपमा नेकपा प्रदेश–२का सदस्य देवनाथ यादवको टाउँको फुटेको छ। नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि गठन भएको रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीको जिल्ला कमिटीलाई शपथग्रहण कार्यक्रममा मंगलबार विहान झडप र तोडफोड भएकोे हो। सपथग्रहण सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र पार्टी सचिव विष्णु पौडेल आउने कार्यतालिका थियो। उक्च विवादका कारण अध्यक्ष प्रचण्ड र सचिव पौडेलले उपस्थिति रद्दसमेत भयो। प्रदेश कमिटी अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले सप्तरी र सिरहा जिल्ला कमिटीको शपथग्रहण गराउन उक्त कार्यक्रम आयोजना गरेका थिए। तर, कार्यक्रम सुरु नहुँदै असन्तुष्ट पक्षले नारावाजी गर्दै तोडफोडमा उत्रिएका थिए।

‘काठमाडौं केन्द्रित मानसिकताले संघीयता कार्यान्वयनमा सकस’ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंमा केन्द्रित अभ्यास छिचोल्न संघीयता कार्यान्वयनका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्। ‘राजनीतिक र प्रशासनिक हिासबले मात्र होइन आर्थिक र समाजिक रुपमै केन्द्रीकृत मानसिकता छ’ मंगलबार राजधानीका सम्पादकसितको छलफलका क्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘पानी तलैतिर बग्छ भनेजस्तै शक्ति काठमाडौंमै रहेछ।’ पोखरेलले ‘केही गर्छु भन्नेलाई काठमाडौंमा जानुपर्छ’ भन्ने मानसिकताले जरा गाडेर बसेकाले संघीयता कार्यान्वयनमा सकस रहेको बताए। उनले संघीयता लागू भएपछि अधिकार तल गयो भन्ने बुझाइ रहे पनि नगएको बताए। समाजशास्त्रीय मान्यतामा संघीयता र अधिकार विकेन्द्रित हुने भए पनि अर्थशास्त्रीको मान्यता केन्द्रीकृत नै रहेको उनको तर्क थियो। ‘यस्तो मानसिकता बदल्न सामान्य प्रयासले हुँदैन,’ उनले भने। उनले संघीयताले नागरिकको खर्च बढाएको बुझाई उचित नभएको पनि उल्लेख गरे। केही प्रशासनिक खर्च बढे पनि सँगै सेवा प्रवाह क्षमता पनि बढेको उनको दाबी छ। ‘सामान्य सरकारी सेवा प्राप्त गर्न पनि काठमाडौं र जिल्ला सदरमुकाम जानुपर्ने बाध्यतालाई संघीयताले हटाइदिएको छ,’ पोखरेलले भने, ‘प्रशासनिक सेवा प्राप्त गर्ने कुरामा जनताको खर्च घटेको छ, तर आर्थिक दृष्टिकोणबाट हेर्दा आंशिक रुपले खर्च बढेको हो।’ प्रदेश ५ ले गत आर्थिक वर्षमा ७.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको उल्लेख गर्दै पोखरेलले प्रदेश सरकार स्थापना भएपछि विकास निर्माण र जनताका अभिलाषा सम्बोधन गर्न आवश्यक पर्ने कानुन निर्माण तयार गरी आधार तय गरिएको बताए। ‘आर्थिक क्षेत्रलाई प्रत्यक्ष, परोक्ष रुपले प्रभाव पार्ने कुराहरु के के हुन् भनी हामीले निक्र्यौल गरिसकेका छौं,’ उनले भने, ‘कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता किटान गरी त्यसअनुसारको काम अघि बढाइएको छ।’

यो पनि:

यो पनि पद्नुहोस:

सरकारले प्रतिबन्ध लगाएको ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले चितवनमा पक्राउ गर्यो,
नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ। सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनमा पक्राउ गरेको हो। उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनदेखि विभिन्न माग राखी आन्दोलनमा छन्। जसकाे अगुवाइ प्रकाश चन्दले गरिरहेका थिए।

पक्राउ पर्नेमा चन्दसहित करिब १५ जना विद्यार्थी रहेका छन् । चितवन मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा कलेजमा अध्ययनरत विद्यार्थीले दिनहुँ आन्दोलन गरिरहेका छन् । आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप हुँदा बुधबार बिहान प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।

कलेजको गेट अगाडी प्रदर्शन गरिरहेका विद्यार्थी कलेजभित्र छिर्न खोजेपछि झडप हो । अस्पतालभित्रै प्रवेश गरी सेवा गर्न र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको उनी बताउँछन् । कलेजमा अध्ययनरत प्रकाशले आन्दोलनको अगुवाइ गर्दै आएका छन् ।

यसअघि भदौँ ५ गते रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफूहरुले आन्दोलन गर्ने चिकित्सा शिक्षा संघर्ष समितिलका अध्यक्षसमेत रहेका चन्दले पत्रकार सम्मेलनमा बताए थिए।

नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको अवस्थामा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेको चन्दको आरोप छ। संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले दास मानसिकताको व्यवहारमा गरिरहेका र त्यो निन्दनीय भएको उनको भनाइ छ।

Comments

comments

47 Shares
सम्बन्धित शीर्षकहरु