सेनामा सुधार ल्याउँदै सेनापति, सैन्य अधिकारीलाई सम्पत्ति सार्वजनिक गर्न निर्देशन

प्रधानसेनापती पूर्णचन्द्र थापाले इतिहासमै पहिलो पटक व्यक्तिगत सम्पती सार्वजनिक गरेपछि चौतर्फी प्रशंसा बटुलेका छन् ।

पद सम्हालेको एक वर्ष पुगेको अवसरमा सेनापति थापाले मङ्गलवार नेपाली सेनाको वेवसाइट मार्फत व्यक्तिगत सम्पतीको विवरण सार्वजनिक गरेका हुन् ।

भ्ष्टाचारको अनुगमन र नियन्त्रण गर्न यसै वर्षबाट सबै रथी तथा सैनिक अधिकृतको सम्पत्ति विवरणको अभिलेख दुरुस्त राख्ने व्यवस्था गर्न लागिएको पनि थापाले बताएका थिए।

यसैबीच,नेपाली सेनाका अन्य उच्च सैनिक अधिकारीको सम्पत्ति विवरण पनि वेवसाइटमा राखिने भएको छ ।

सैनीक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार प्रधानसेनापति थापाले उच्च अधिकृतलाई पनि सम्पत्ति विवरण सार्वजनिक गर्न समेत निर्देशन दिएका छन् ।

भदौ मसान्तभित्र सम्पूर्ण अधिकृतले आफ्नो सम्पत्ति विवरण बुझाइसक्ने सैनिक प्रवक्ता पाण्डेको भनाइ छ।

यो पनि पद्नुहोस:

सरकारले प्रतिबन्ध लगाएको ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले चितवनमा पक्राउ गर्यो,
नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ। सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनमा पक्राउ गरेको हो। उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनदेखि विभिन्न माग राखी आन्दोलनमा छन्। जसकाे अगुवाइ प्रकाश चन्दले गरिरहेका थिए।

पक्राउ पर्नेमा चन्दसहित करिब १५ जना विद्यार्थी रहेका छन् । चितवन मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा कलेजमा अध्ययनरत विद्यार्थीले दिनहुँ आन्दोलन गरिरहेका छन् । आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप हुँदा बुधबार बिहान प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।

कलेजको गेट अगाडी प्रदर्शन गरिरहेका विद्यार्थी कलेजभित्र छिर्न खोजेपछि झडप हो । अस्पतालभित्रै प्रवेश गरी सेवा गर्न र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको उनी बताउँछन् । कलेजमा अध्ययनरत प्रकाशले आन्दोलनको अगुवाइ गर्दै आएका छन् ।

यसअघि भदौँ ५ गते रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफूहरुले आन्दोलन गर्ने चिकित्सा शिक्षा संघर्ष समितिलका अध्यक्षसमेत रहेका चन्दले पत्रकार सम्मेलनमा बताए थिए।

नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको अवस्थामा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेको चन्दको आरोप छ। संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले दास मानसिकताको व्यवहारमा गरिरहेका र त्यो निन्दनीय भएको उनको भनाइ छ।

Comments

comments

130 Shares
सम्बन्धित शीर्षकहरु