नगर शिक्षा सबलीकरणको लागि मेयर बरबरियाद्धारा कम्प्युटर सहित खेल समाग्री प्रदान

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरिया यादवले नगरको शिक्षा स्तर बढाउने हेतु विद्यालयहरुमा कम्प्युटर र खेल समाग्री प्रदान गरेका छन् ।

शहिदनगर नगरपालिकाको वडा नं. ३ स्थित रहेको जनता एकाई माध्यमिक विद्यालय यदुकूहाको शिक्षा शाखाको कार्यालयमा शहिदनगर नगरपालिकाका मेयर बरबरियाले विद्यालयका प्रध्यानाध्यापकलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन । नगरको शिक्षा सबलीकरण र अतिरिक्त क्रियाकलापलाई बढाबा दिने उदेश्यका साथ छात्रछात्राहरुको प्रयोजन हेतु उक्त समाग्रीहरु प्रदान गरेका हुन् ।

मँगलबार एक कार्यक्रमबीच बरबरियाले सामाग्रीहरुमा क्यारम बोर्ड, ब्याट, विकेट, ग्लोव, वेल्स,प्याड, भलिबल, फुटबल, रिङ्गवल , स्किपिङ ग्लोव,ब्याटिङ ग्लोव, भलिबल नेट, ज्याभलिङ्ग,शट फुट, शहिदनगर नगरपालिका अन्तर्गत रहेको जम्मा २० वटा विद्यालयलाई प्रदान गरिएको छ । समाग्री प्रदान गर्दै उनले भने, – “आजको युगमा छात्रछात्राको लागि कम्प्युटर सम्बन्धि ज्ञान नभई नहुने अति आवश्यक रहेकोले र आज भोली खेलकुदको पनि आवश्यकता र खेलकुदमा पनि प्रतिस्पर्धा गर्नुभएकाले प्रत्येक विद्यालयमा कम्प्युटर र खेलकुद सामाग्री प्रदान गरेको छु ।”

शहिदनगर नगरपालिकाको मा.वि. विधालयहरु एस.एन.आर जनता मा.वि धवौली,मा.वि.महुलिया, जनता एकाई,मा.वि यदुकूहालाई ब्याट १ थान , वल ९ , विकेट ६ , किपिङ ग्लोव १ , ब्याटिङ ग्लोव १ , प्याड १ , A&D २ , वेल्स १ रिङ्गवल ४ , स्किपिङ वल ४ , क्यारम बोर्ड ठूलो १ , क्यारम बोर्ड सानो १ , ज्याभलिङ २ , शट फुट ठुलो १ , भलिबल १ , नेट १ । जनता अधारभुत विद्यालय पचहर्वा,आधारभुत विद्यालय हरबाडा,श्री जनता अधारभुत वि.नाथपट्टी बिसरभोरा , रा.आ.वि.यदुकूहा , जनता अधारभुत विद्यालय कुम्भकरणमा ब्याट १ थान , वल ९ , विकेट ६ , किपिङ ग्लोव १ , ब्याटिङ ग्लोव १ , प्याड १ A&D २ , वेल्स १ रिङ्गवल ४ , स्किपिङ वल ४ , क्यारम बोर्ड ठूलो १ , क्यारम बोर्ड सानो १ , ज्याभलिङ २ , शट फुट ठुलो १ , भलिबल १ ,नेट १ थान गरि प्रदान गरिएको जनाइएको छ ।

रा.प्रा.वि रामनगर लक्षमीपुर , रा.प्रा.वि बेमरखी खाल , आधारभुत विद्यालय सुन्दरपुर , सुनरैत प्रा.वि.चिरैया , तिलक आधारभुत विद्यालय चोराकोयलपुर , दलित जनता रा.प्रा.वि चोराकोयलपुर , रा.प्रावि मतौना , कृष्ण रा.प्रा.वि कमलपुर , विष्णु रा.प्रा.वि यदुकूहा , मर्दसा हनफीया गौसिया बतकतिया , मर्दसा दारुस्लाम अलसलफिया , रा.प्रा.वि ननुपट्टी , हनुमान रा.प्रा.वि हौवाही,बिलट किशुन प्रगतिशील रा.प्रा.वि हट्ठीपुर , रा.प्रा.वि धवौली , आधारभुत विद्यालय निमुवाटोल , रा.प्रा.वि यादवटोल धवौली , राष्ट्रिय अधारभुत वि.डुमरीया , रा.प्रा.वि गोठकोयलपुर नया र रा.प्रा.वि गोठकोयलपुर विद्यालयहरुमा रिङ्गवल ४ थान , स्किपिङ वल ४ , क्यारम बोर्ड सानो १, फुटबल १ थान आज वितरण गरियो । साथै प्रत्येक विधालयमा एक एक थान दराज समेत वितरण गरिएको जनाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा र श्रोत व्यक्ति धनेश्वर यादव सहित शिक्षा समितिका सदस्य राजकुमार कर्मचार्य, विद्यालयका प्रअ प्रमोद यादव लगायत शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

Comments

comments

0 Shares
सम्बन्धित शीर्षकहरु