देउवा भन्छन् एनसेल प्रकरणमा न्यायाधीशलाई महाअभियोग लगाउन हुँदैन !

काठमाडौँ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालै एनसेलको लाभकर प्रकरण बारे फैसला सुनाउने न्यायाधिशहरुलाई तत्कालै महाअभियोग लगाउन नहुने बताएका छन्।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा देउवाले सर्वोच्च अदालतले गरेको फैसला राम्रोसँग अध्ययन गरेर मात्रै महाअभियोग बारे सोच्न सकिने बताएका हुन्।

एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन गर्न बाँकी नै रहेको बताउदै सभापति देउवाले न्यायाधिशहरुलाई महाअभियोग लगाउने भन्दा पुनरावलोकनको मुद्दा दिनुपर्ने तर्क गरे।

यस्तै देउवाले कम्युनिष्टको सरकार आएदेखि स्वतन्त्रतामाथि हस्तक्षेप मात्रै बढेको दावी गरेका छन्। वर्तमान सरकारले संचारमाध्यमलाई अकुंश लगाउन खोजेको समेत उनले आरोप लगाए।

वर्तमान सरकारले प्रेसमाथि अंकुश लाउने, न्यायालय र प्रशासनमा हस्तक्षेप गर्ने जस्ता गर्नै नहुने काम गरिरहेको र नसच्याए संसद अवरुद्ध गर्ने चेतावनी समेत देउवाले दिएका छन्।

देउवा मंगलबार राष्ट्रिय जागरण अभियानको दोस्रो चरण उद्घाटन गर्न सुनसरी पुगेका हुन्। उनले विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै संवैधानिक बाध्यता रहेको कारण कांग्रेसको राष्ट्रिय अधिवेशन अगाडि नै अन्तरिम प्रदेश समिति बन्ने समेत जानकारी गराएका छन्।

यो पनि:

यो पनि पद्नुहोस:

सरकारले प्रतिबन्ध लगाएको ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले चितवनमा पक्राउ गर्यो,
नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ। सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनमा पक्राउ गरेको हो। उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनदेखि विभिन्न माग राखी आन्दोलनमा छन्। जसकाे अगुवाइ प्रकाश चन्दले गरिरहेका थिए।

पक्राउ पर्नेमा चन्दसहित करिब १५ जना विद्यार्थी रहेका छन् । चितवन मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा कलेजमा अध्ययनरत विद्यार्थीले दिनहुँ आन्दोलन गरिरहेका छन् । आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप हुँदा बुधबार बिहान प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।

कलेजको गेट अगाडी प्रदर्शन गरिरहेका विद्यार्थी कलेजभित्र छिर्न खोजेपछि झडप हो । अस्पतालभित्रै प्रवेश गरी सेवा गर्न र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको उनी बताउँछन् । कलेजमा अध्ययनरत प्रकाशले आन्दोलनको अगुवाइ गर्दै आएका छन् ।

यसअघि भदौँ ५ गते रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफूहरुले आन्दोलन गर्ने चिकित्सा शिक्षा संघर्ष समितिलका अध्यक्षसमेत रहेका चन्दले पत्रकार सम्मेलनमा बताए थिए।

नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको अवस्थामा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेको चन्दको आरोप छ। संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले दास मानसिकताको व्यवहारमा गरिरहेका र त्यो निन्दनीय भएको उनको भनाइ छ।

Comments

comments

675 Shares
सम्बन्धित शीर्षकहरु