प्रचण्डलाई फेरी अर्को बज्रपात लगतै चितवनमा पुगे ‘प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताउनु भएको छ । आफ्ना ठूला बुबासमेत रहनुभएका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गर्नुभयो ।

आफ्ना गुरु बासमेत रहनुभएका कुलप्रसादको सम्झना गर्दै उहाँले भन्नुभयो, “बुबाको योगदान निकै ठूलो छ । मानिसहरुले बाहिरबाट हेर्दा झट्ट नदेखिने तर बुबाले परिवारका सबै सदस्यलाई राजनीतिमा सङ्गठित बनाएर लैजान महत्वपूर्ण भूमिका खेल्नुभयो ।” अध्यक्ष दाहालले पञ्चायत विरोधी आन्दोलनका समयमा आफ्नो घरलाई पार्टीको मुख्यालय बनाएको भन्दै त्यही घरमा पार्टीका बैठक र राजनैतिक प्रशिक्षणहरु हुने गरेको बताउनुभयो ।

पहिला किसान मोर्चाको र पछि पार्टीको सदस्यका रुपमा रहेर सबै छोराछोरीलाई राजनीतिमा परिचालन गरेको भन्दै उहाँले ठूलो बुबाको मृत्युवरण सहज हुनुमा जीवनभरको मिहिनेत रहेको बताउनुभयो । अध्यक्ष दाहालले पार्टी र आफ्नो तर्फबाट श्रद्धाञ्जली पनि अर्पण गर्नुभयो । स्व दाहालका छोरा नारायण दाहाल नेकपा प्रदेश नं ३ का अध्यक्ष हुनुहुन्छ । दाहालको भरतपुर महानगरपालिका–७ मा मङ्गलबार राति ९२ वर्षको उमेरमा निधन भएको हो । उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ । श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।

यो पनि पद्नुहोस:

सरकारले प्रतिबन्ध लगाएको ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले चितवनमा पक्राउ गर्यो,
नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ। सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनमा पक्राउ गरेको हो। उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनदेखि विभिन्न माग राखी आन्दोलनमा छन्। जसकाे अगुवाइ प्रकाश चन्दले गरिरहेका थिए।

पक्राउ पर्नेमा चन्दसहित करिब १५ जना विद्यार्थी रहेका छन् । चितवन मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा कलेजमा अध्ययनरत विद्यार्थीले दिनहुँ आन्दोलन गरिरहेका छन् । आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप हुँदा बुधबार बिहान प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।

कलेजको गेट अगाडी प्रदर्शन गरिरहेका विद्यार्थी कलेजभित्र छिर्न खोजेपछि झडप हो । अस्पतालभित्रै प्रवेश गरी सेवा गर्न र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको उनी बताउँछन् । कलेजमा अध्ययनरत प्रकाशले आन्दोलनको अगुवाइ गर्दै आएका छन् ।

यसअघि भदौँ ५ गते रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफूहरुले आन्दोलन गर्ने चिकित्सा शिक्षा संघर्ष समितिलका अध्यक्षसमेत रहेका चन्दले पत्रकार सम्मेलनमा बताए थिए।

नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको अवस्थामा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेको चन्दको आरोप छ। संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले दास मानसिकताको व्यवहारमा गरिरहेका र त्यो निन्दनीय भएको उनको भनाइ छ।

Comments

comments

570 Shares
सम्बन्धित शीर्षकहरु