मुम्बईमा हात हालेर नेपाल फर्किए कृष्ण रुपा- स्वस्त्यको कमना गर्दै एक सिएर गर्दिनुहोस

काठमाडौं / हातखुट्टा गुमाएर कसैको सहारा बिना हिडडुल गर्न नसक्ने कृष्ण आफ्नै कृतिम खुट्टाले हिड्न सक्ने भएका छन् र यतिबेला मुम्बईमा हात हालेर कृष्णवली नेपाल फर्किएका छन् ।

खासगरी रुपा र कृष्ण लगायत स-परिवार उपचारको शिलशिलामा मुम्बईमा पुगेका, उनीहरु बिगत साउन पहिलो साता देखि कृष्णका हात हाल्न मुम्बईमा रहेका थिए ।

उपचारका लागि अझै मुम्बईमा कति समय लाग्छ भन्ने बारे एकिन भएको छैन तर उपचारकै क्रममा रहेको उनीहरुले बताएका थिए । बेलाबखत मुम्बई उपचार बसाईका फोटाहरु आफ्नो सामाजिक संजाल मार्फत पस्किदै आएका कृष्ण रुपा भर्खरै मात्र नेपाल फर्किएका हुन् ।

कृष्णको खुट्टा जोडिसकेको छ । रुपाको सहारा बिना हिड्न नसक्ने कृष्ण, यतिखेर आफ्नै जोडिएको खुट्टाले घुमिरहेका छन्

अब उनका दुवै हातहरु जोडिने छन् र एकदिन कृष्णका हातहरुले रूपालाई अँगालोमा हालेको दृश्य हेर्न देश बिदेशमा रहेका मनकारीहरु पर्खाइमा छन् । अमुल्य शरीर गुमाएका कृष्ण सपाङ्ग भएको त्यो दिनको पर्खाइमा शुभचिन्तकहरु कुरेर बसेका छन् ।

शुभ चिन्तकहरुको यो मायाको सौगात प्रति हृदय देखि सम्झना गर्दै रुपा र कृष्णले धेरै धेरै धन्यबाद दिंदै आएका छन् ।

यो पनि:

यो पनि पद्नुहोस:

सरकारले प्रतिबन्ध लगाएको ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले चितवनमा पक्राउ गर्यो,
नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ। सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनमा पक्राउ गरेको हो। उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवन मेडिकल कलेजका विद्यार्थी केही दिनदेखि विभिन्न माग राखी आन्दोलनमा छन्। जसकाे अगुवाइ प्रकाश चन्दले गरिरहेका थिए।

पक्राउ पर्नेमा चन्दसहित करिब १५ जना विद्यार्थी रहेका छन् । चितवन मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा कलेजमा अध्ययनरत विद्यार्थीले दिनहुँ आन्दोलन गरिरहेका छन् । आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप हुँदा बुधबार बिहान प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।

कलेजको गेट अगाडी प्रदर्शन गरिरहेका विद्यार्थी कलेजभित्र छिर्न खोजेपछि झडप हो । अस्पतालभित्रै प्रवेश गरी सेवा गर्न र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको उनी बताउँछन् । कलेजमा अध्ययनरत प्रकाशले आन्दोलनको अगुवाइ गर्दै आएका छन् ।

यसअघि भदौँ ५ गते रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफूहरुले आन्दोलन गर्ने चिकित्सा शिक्षा संघर्ष समितिलका अध्यक्षसमेत रहेका चन्दले पत्रकार सम्मेलनमा बताए थिए।

नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको अवस्थामा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेको चन्दको आरोप छ। संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले दास मानसिकताको व्यवहारमा गरिरहेका र त्यो निन्दनीय भएको उनको भनाइ छ।

Comments

comments

2K Shares
सम्बन्धित शीर्षकहरु