आज राति विश्वकै अग्लो भवन युएईको बुर्ज खालिफामा नेपाली झण्डा फहराइने ! गर्वले सेयर गरौं

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउने भएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली झण्डा फहराइने भएको हो । यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९०:१० ( १० बजेर ५५ मिनेट नेपाली समय) मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पटक फहराउन लागेको नेपाली दूतावास आबुधाबीले जनाएको छ । ‘लामो समयको प्रयास र मेहनतले यूएई सरकारले बुर्ज खालिफामा १ मिनेटका लागि झण्डा फहराइन लागेको हो’, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

राजदूतको रुपमा ढकाल यूएई आएलगत्तै नेपाली पत्रकारसँग गरेको भेटघाट तथा छलफलको क्रममा झण्डा राख्ने विषयलाई आफूले सकेको प्रयास गर्ने बताउनु भएको थियो । संसारको अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराउँदा नेपाली पहिचान, नेपालले तय गरेको पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने बुझाइ धेरैको छ । बुर्ज खालिफा भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराइने गरिन्थ्यो ।

यसपालि पहिलो पटक नेपालको झण्डा फहराइने कुराले यूएईमा कार्यरत धेरै नेपाली हर्षित छन् । नेपाली झण्डा फहराइने खबर आजै मात्र थाहा पाएका धेरै नेपालीहरु झण्डा फहराइने समय बुर्ज खालिफामा पुगेर खुशी मनाउने तयारी गरेका छन् । आज शुक्रबार स्थानीय सार्वजनिक बिदा भएकोले पनि धेरै नेपाली त्यहाँ पुग्ने अनुमान गरिएको छ ।

यसैबीच नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बिहीबार दूतावासमा समेत झण्डोत्तलन तथा दीप प्रज्ज्वलन गरिएको थियो । आज शुक्रबार यूएईमा रहेका नेपाली संघसस्थाको उपस्थितिमा दूतावासमै कार्यक्रमसमेत गरिँदै छ । त्यस्तै आउँदो आइतबार दूतावासकै आयोजनामा बोब अल क्युसार होटेलको सभा हलमा १ सय २० भन्दा धेरै देशका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिने दूतावासकी सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

यो पनि पढ्नुस – सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोधन गरी कानून ल्याउने तयारी गरेको छ । सङ्घीय संसद् सचिवालयले छलफलका लागि ल्याएको उक्त विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ रहेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार कानून बनाउन सरकारले सो विधेयक ल्याएको हो ।

ती नै ज्येष्ठ नागरिक समाजमा बिस्तारै अपहेलित हुँदै जान्छन् र वृद्धाश्रममा बसेर जीवनयापन गर्नुपर्ने बाध्यता आइपर्छ । ज्येष्ठ नागरिकका लागि सर्वाधिक चासोको विषय रहेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ मा के छ त ? हाल महिला तथा सामाजिक समितिमा छलफलमा रहेको उक्त विधेयकको दफा ४ पछि उपदफा ४ (क) मा असहाय ज्येष्ठ नागरिकलाई तोकिएबमोजिम विशेष संरक्षण तथा सामाजिक सुरक्षाको व्यवस्था मिलाइनेछ भन्ने वाक्यांश थप गरिएको छ ।त्यस्तै दफा ५ को उपदफा ८ पछि उपदफा ९ र १० थपिएका छन् ।

उपदफा ३ वा ६ बमोजिमको आदेश पालना नगर्ने व्यक्तिबाट त्यस्तो ज्येष्ठ नागरिकको सम्पत्ति भोग गरेको विषयमा स्थानीय तहमा उजुरी परेमा न्यायिक समितिले ज्येष्ठ नागरिकको नाममा रहेको चल–अचल सम्पत्ति निजको सट्टा निजलाई पालनपोषण गर्ने तथा हेरचाह गर्ने नातेदार वा हकवालालाई जिम्मा लगाउन सक्ने व्यवस्था गरेको छ ।त्यस्तै उपदफा १० मा यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरेका वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाइनेछ भन्ने व्यवस्था गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु