सीमामा यसरी ढलेका छन जङ्गे खम्बा, सिंहदरबारसम्म यो समाचार पु-याउन सेयर गरौँ

काठमाडौँ । नेपाल भारत सीमामा जङ्गे सीमाखम्बा ढलेका छन । नेपालको तर्फबाट ती खम्बा उठाउने र संरक्षण गर्नेमा ध्यान नपुगेको भन्दै विरोध भइरहेको छ । सीमाविद्हरुले यसको आवाज उठाइरहेका छन । सिमाबिद बुद्धिनारायण श्रेष्ठले आफ्नो फेसबुकमा यसरी स्टाटस लेखेका छन ।

ढाल्यो, डुब्न लाग्यो, ढल्न लाग्यो– लाग्यो–लाग्यो, ढल्नै लाग्यो
खबरदार जंगे सीमाखम्बा नढलोस् ।खम्बा नढले हाम्रा पालामा नसके पनि हाम्रा छोरा नातिले सीमा रक्षा गर्नेछन् ।सीमा खम्बा ढले देशै खतम हुन्छ ।कपिलवस्तु ठिकुरापुरस्थित चिरई खोलको बाढीले बगाएको ५७८ र ७ को मूल सीमा खम्बा ।भारतीय महलिसागर ब्यारेजले डुबानमा पारेको ९१० नम्बरको जङ्गे खम्बा ।ढल्केको जंगे खम्बा नं. ३३७ सर्लाही बलरा गाउ‘पालिका–४ नयॉटोला फूलवरिया गाउको हो ।

Read More….किन खानुहुँदैन साउनमा माछामासु ? यस्तो छ वैज्ञानिक कारण ।
साउन महिना, धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना । यो महिनामा केही धार्मिक पर्वहरु पनि पर्छ । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो । पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता के छ भने, साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ ।

भलै अहिलेका पुस्तालाई यी कुरा भलै धार्मिक आडम्बर लाग्न सक्छ । वा यो केवल परम्परा मात्र लाग्न सक्छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी कुराहरुसँग विज्ञान पनि जोडिएर आएको छ । साउन महिनामा किन शिवको पूजा गरिन्छ, किन उपवास बसिन्छ, किन वोलवल धाउन गरिन्छ ? यी सबैको वैज्ञानिक तर्क दिन सकिन्छ ।

साउन महिना, जो मध्य बर्षायामसँगै जोडिएर आउँछ । असारको चटारो सक्न नभ्याउँदै साउन महिना आउँछ । यतिबेला खेती किसानी गर्नेहरुले बालीनाली लगाएर विश्राम लिने बेला हुन्छ । तपाई, हामीलाई थाहै छ, हाम्रो देश कृषिमा आधारित छन् । धेरैजसो जन-जीविका खेतीपातीबाटै धानिएको छ ।खेतीको कुरा जोड्नुको अर्थ के भने, साउन महिना किसान बर्गका लागि पनि विशेष हो । खेतीपातीको चटारोबाट विश्राम लिएर मनलाई धर्मकर्ममा लगाउने बेला हो यो । धार्मिक आस्थाको रुपमा मात्र होइन, हाम्रो जीवन पद्धतीसँग जोडिएका कुरा हुन् यी ।

यो पनि :

यो पनि पद्नुहोस:

चाडपर्वको बेला ह्वातै बढ्यो चोरि, तीन दिनमा घर तोडफोड गरी ४४ घरमा चोरी
तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिनुभयो । यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो ।

रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी लगेको स्थानीयवासीले बताएका छन् । चोरी गर्नेहरुले प्रति घरबाट रु पाँच हजारदेखि २५ हजारसम्म नगदसहित पाँच तोलासम्म सुन गरी लाखौँ रकम बराबरको सामान चोरी गरेको बताइएको छ ।

गाउँमा चोरीका घटना बढ्न थालेपछि यतिबेला दुबिचौरमा स्थानीयवासीले रातभर गस्ती अभियान शुरु गरेका छन् । चाडपर्व नजिकिँदै जाँदा चोरीका घटना बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला र स्थानीय प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरी गस्ती गर्न शुरु गरेको छ । घटनाको जानकारी पाएपछि क्षतिको विवरण सङ्कलन गर्न र चोरी गर्ने व्यक्तिको खोजतलास गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु