के घटस्थापनामा सार्वजनिक बिदा हुन्छ कि हुँदैन ?

काठमाडौं । हिन्दुहरुको महान चाड विजया दशमी नजिकिदै गरेको छ । क्षेत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँलाइ मध्यनजर गर्दै दसैंको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै क्षेत्री समाजले गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा र प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीलाई भटेर ज्ञापनपत्र बुझाएका छ ।

देशमा अहिले विद्यमान विकृति, विसङ्गति, विभेद् तथा राष्ट्रिय स्वाभिमान एवं नेपालीबीचको एकता र सद्भावका निम्ति आत्मबल तथा मनोवैज्ञानिक शक्ति आर्जनको माध्यमका रूपमा लिँदै आएको घटस्थापनाको दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउनका लागि उक्त दिनमा सार्वजनिक बिदा दिन गरेको छ । क्षेत्री समाज नेपाल कास्कीका अध्यक्ष पद्मबहादुर कार्कीले अघिल्लो वर्षदेखि सरकारले बिदा कट्टा गरेको हुँदा यसलाई पुनःस्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताउँनु भएको छ ।

यो पनि :

यो पनि पद्नुहोस:

चाडपर्वको बेला ह्वातै बढ्यो चोरि, तीन दिनमा घर तोडफोड गरी ४४ घरमा चोरी
तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिनुभयो । यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा–१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो ।

रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी लगेको स्थानीयवासीले बताएका छन् । चोरी गर्नेहरुले प्रति घरबाट रु पाँच हजारदेखि २५ हजारसम्म नगदसहित पाँच तोलासम्म सुन गरी लाखौँ रकम बराबरको सामान चोरी गरेको बताइएको छ ।

गाउँमा चोरीका घटना बढ्न थालेपछि यतिबेला दुबिचौरमा स्थानीयवासीले रातभर गस्ती अभियान शुरु गरेका छन् । चाडपर्व नजिकिँदै जाँदा चोरीका घटना बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला र स्थानीय प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरी गस्ती गर्न शुरु गरेको छ । घटनाको जानकारी पाएपछि क्षतिको विवरण सङ्कलन गर्न र चोरी गर्ने व्यक्तिको खोजतलास गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु