सन्दीप लामिछाने र पारसको सम्बन्ध विग्रिएकै हो ? सन्दीपले दिए यस्तो प्रतिकृया

काठमाडौं, ९ असोज । सन्दीप लामिछाने र नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काबीच सम्बन्ध बिग्रिएको भन्ने चर्चा चलिरहेको छ। सिंगापुर र जिम्बाब्बेसँग टी–२० सिरिज खेल्न नेपाली टोली बुधबार नै सिंगापुर प्रस्थान गरेको छ। पारसले टी–२० सिरिज खेल्न सन्दीपलाई सिंगापुर बोलाएको र यस विषयमा सन्दीप रिसाएको भनी नेपालका केही सञ्चारमाध्यमले खबर दिएका थिए। सन्दीप लामिछानेले भने यसलाई इन्कार गरेका छन्।

बिहीबार बिहान ट्‍विटरमा प्रतिक्रिया दिँदै सन्दीपले आफू पारस खड्कासँग रिसाएको भन्ने हल्ला निराधार रहेको दावी गरेका छन्। ट्‍विटरमा मिलन सापकोटा नाम गरेका व्यक्तिको ट्‍विटमा प्रतिक्रिया दिनेक्रममा सन्दीपले सो दावी गरेका छन् । उनलाई पैसाले मातिएको भनी आलोचना गरिएकोमा सन्दीपले भनेका छन्, ‘मन सफा हुनुपर्छ हजुर पैसा त आउने जाने कुरा हो ।ु

सन्दीपले पारसलाई ट्‍विटरमा अनफलो गरे पछि यस्तो चर्चा चुलिएको हो । उनले सामाजिक सञ्जालमा पारसलाई अनफ्लो गरेका हुन् । उनलाई घमण्डी भनी आलोचना गरिएको छ। ट्‍विटरमा १ लाख ६२ हजारभन्दा बढी फलोअर्स रहेका सन्दीपले यो खबर तयार पार्दासम्म १८ जनालाई फलो गरेका छन्। आईसीसीको मुख्य ट्‍विटर ह्याण्ड, नेपाली टोलीका पूर्वप्रशिक्षक पुवुदु दसानायके, अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्वेल, अफगानिस्तानका लेग स्पीनर रसिद खान, जिम्बाब्बेका ब्याट्सम्यान सिकन्दर राजा, गायक राजुलामा लगायतलाई उनले फलो गरेका छन्। नेपाली क्रिकेट टोलीका अन्य खेलाडीलाई फलो गरेका सन्दीपले १ लाख ४६ हजारभन्दा बढी फलोअर्स रहेका पारस खड्कालाई भने फलो गरेका छैनन्। ३१५ जनलाई फलो गरेका पारसले भने सन्दीपलाई फलो गरेका छन्।

Comments

comments

सम्बन्धित शीर्षकहरु