दशैको मुखमा मुटुको टुक्रा छोरा हराए, देख्नेसम्म पुर्याउन सेयरको अपिल : प्रमिस आमा–बाबु

काठमाडौ । दशैको मुखमा हाम्रा छोरा प्रमिस लिम्बू हराएका छन् । मात्र १४ बर्षको छोरा मोरङ्ग.लेटाङ ५ करमबोटेबाट हराएका हुन् । यहि मिति २०७६–०६–१३ गते सोमबार बेलुकी ६ बजे तिर एउटा अपरिचित ब्यक्तिले एउटा बिद्यालयको बाटो भुलेर बिद्यालय पुर्याइदेउ भनी लगेको भन्ने खबर गाँउलेहरुले दिएका छन् । तर उनको त्योदिनदेखि आज सम्म अत्तोपत्तो छैन ।

उनलाई देख्नु हुने या भेट्नु हुने महानुभाबले नजिकै को प्रहरी कार्यलय या सम्पर्क नम्बर.९८२७३०१०४५ मा सम्पर्क गर्दिनुहोला । यो तस्वीर सबैसमक्ष पुग्नेगरी सेयर गरिदिनुहोला । ता कि हाम्रो मुटुको टुक्रालाई त्यस्तो कुनै आपत नपरोस् । भगवानले सकुसल फिर्ता गर्न सहयोग गरुन् भन्दै प्रार्थाना गर्दछौ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु