त्रिविद्धारा स्नातक तहको नतिजा भर्खरै प्रकाशित [नतिजासहित]

काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह चौथो बर्षको नतिजा प्रकाशित गरेको छ । भर्खरै प्रकाशित सूचना अनुसार त्रिविले शिक्षाशास्त्र संकाय अन्र्तगतको स्नातक तह (बीएड) चौथो बर्षको नतिजा प्रकाशित गरेको हो । चारबर्षे बीएड चौथो बर्षको नियमित र आंशिक दुबै तर्फको नतिजा प्रकाशित भएको पनिका बल्खुले जनाएको छ ।

नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि आफुले हेरिसकेपछि सेयर गरिदिनुहोला

भित्र गएपछि VIEW RESULT को Select Result बक्समा छनोट गर्नुहोला त्यसपछि Roll Number राखेर थिच्नुहोला । नतिजा प्राप्त हुनेछ ।

योपनि
त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी संकायमा विद्यार्थी संख्या घटिरहेका बेला शिक्षा संकायको पनि उही हविगत छ । काठमाडौं उपत्यकासहित देशभर सेमेस्टर प्रणाली लागू भएपछि विद्यार्थीको संख्या ह्वात्तै घटेको हो ।

हाल त्रिभुवन विश्वविद्यालयमा शिक्षा संकायअन्तर्गत राजनीति शास्त्र, भूगोल, इतिहास, अर्थशास्त्र, शैक्षिक योजना तथा व्यवस्थापन, शारीरिक विकास, पाठ्यक्रम विकास र शारीरिक शिक्षा विभागमा विद्यार्थीको संख्या न्यून छ । शिक्षा संकायअन्तर्गत भूगोल विभाग र इतिहास विभागमा त यस वर्ष विद्यार्थी नै भर्ना हुन आएनन् ।

यसभन्दा अघि भूगोल विभागमा दुई जना र इतिहास विभागमा दुई जना विद्यार्थी भर्ना भएका थिए । पाठ्यक्रम विकास विभागमा चार जना विद्यार्थी भर्ना भए । अर्थशास्त्र विभागमा हाल १२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । यसभन्दा अघि आठ जना विद्यार्थी भर्ना भएका थिए ।

शैक्षिक योजना तथा व्यवस्थापन विभागमा हाल पाँच जना विद्यार्थी भर्ना भएका छन् । यस्तै, राजनीति शास्त्र पढ्ने विद्यार्थीको संख्या नौ जना छ । जुन विषय केन्द्रीय क्याम्पस कीर्तिपुरमा मात्रै अध्यापन हुँदै आएको छ । यसभन्दा अघि तीन जना विद्यार्थी भर्ना भएको शिक्षा संकायको डिन कार्यालयको तथ्यांकले देखाउँछ ।

यस्तै, शारीरिक शिक्षा विभागमा ६ जना विद्यार्थी भर्ना भएका छन् । यस्तै, शिक्षा संकायअन्तर्गत गणित विभागमा ३ सय, अंग्रेजी विभागमा ४५०, नेपाली विभागमा २ सय, विज्ञान विभागमा ५० जना विद्यार्थी अध्ययनरत छन् ।

शिक्षा संकायमा त्रिवि केन्द्रीय क्याम्पसमा मात्रै १ हजार ६४४ जना विद्यार्थी अध्ययनरत छन् भने १४० जना प्राध्यापक रहेको शिक्षाशास्त्र संकाय केन्द्रीय विभागका प्रमुख डा. दिपबहादुर अधिकारीले बताए । उनले विद्यार्थीको शैक्षिक स्तरोन्नतिका लागि प्राध्यापकहरू निरन्तर खटिएको बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु