‘छुट्टी पाइएन भनेर म दुःखी चाहिँ हुन्नँ, मेरा लागि प्रहरी संगठन नै एउटा परिवार हो’

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। एक वर्षअघि दशैँको बेला महानगरीय प्रहरी प्रभाग पुल्चोक, प्रमुख थिइन्, इन्स्पेक्टर (प्रहरी निरीक्षक) चेतना पोखरेल। त्यतिबेला दशैँ रमाइलो, घरपरिवारसँगको जमघटभन्दा पाएको जिम्मेवारी ठूलो थियो। मन्त्रि निवाससहित पुल्चोक आसपासको शान्ति, सुरक्षा एवं त्यसका उपायहरु खोजी गर्दा र कार्यान्वयन गर्दै उनको समय बित्थ्यो।

दशैँमा घर जान नपाउने कुरा उनले पहिलै बुझीसकेकी थिइन्। त्यही भएर उपाय निकालिन्। बुवाआमालाई काठमाडौं नै बोलाइन्। ड्युटी बीचमा एक घन्टा समय निकालेर बानेश्वर डेरा पुगिन्। बाबुआमासँग टीका लगाएर फनक्क ड्युटीमै फर्किइन्।

‘प्रहरी युनिफर्म र हातमा सञ्चार सेट बोकेर बुवाआमासँग टीका थाप्न पुगेको त्यो क्षण सम्झँदा मलाई गर्व लाग्छ’, चेतना भन्छिन्, ‘जनताको सेवामा खटिने हामी प्रहरीका लागि दशैँ, तिहारभन्दा जिम्मेवारी ठूलो हुन्छ। जिम्मेवारीकै क्रममा टीका थाप्न पाउनु मेरा लागि एउटा सौभाग्य नै हो।’ पूरा पढ्नुहोस…………

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु