साथी हओस त मदनकृष्ण र हरिवंश जस्तो !

काठमाडौं। ‘मह जोडी’ सायद नाम नसुनेका कमै होलान् । वर्षौंदेखि टिभी सिरियल हुँदै ठुला पर्दामा समेत निरन्तर काम गरिरहेका द्वय सफल अभिनेता हुन।

हरिवंश र मदनकृष्णको जोडि एक असल साथी भन्दा पनि सहोदर दाजुभाइ जस्तो राम्रो सम्बन्ध रहेको छ। लाखौं नेपाली जनताको मन मस्तिष्कमा बस्न सफल कलाकार हुन् ‘मह जोडी’।

नेपाली सिने जगतमा यी द्वय कलाकारलाई नरुचाउने सायदै होलान ! मह जोडीको एकाअर्काप्रतिको भाइचारा देखेर धेरैले उदाहरणीय रुप दिंदै भन्ने गर्छन्, ‘साथी हओस हरिवंश र मदन जस्तो’।

नेपालीहरुको (हिन्दु धर्मावलम्बी) महान चाड बिजया दशमीको दिन हरिवंशले मदनकृष्ण श्रेष्ठको हातबाट टीका थापेर उक्त फोटो हरिवंशले आफ्नो अफिसियल फेसबुक पेजमा सार्वजनिक गरेका छन्।

उक्त फोटोमा देखिएको हरेकको मनबाट निस्कनेछ साथी हओस त यस्तो ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु