पिङ खेल्दा घाँ’टीमा डोरी बेरिएर एक बालिकाको मृ’त्यु

गलेश्वर । म्याग्दीमा एक बालिकाको पिङ खेल्ने क्रममा घाँ’टीमा डोरी बेरिएर मृ’त्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–५ किमचौरकी सात वर्षीया दीपा फगामीको सोमबार राति डोरी घाँ’टीमा बेरिएर मृ’त्यु भएको हो । अभिभावकले खेल्नका लागि घरमा नै बनाइदिएको पिङको डोरी घाँ’टीमा बेरिँदा ज्या न गएपछि श’व परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको थियो।

अस्पतालका डाक्टर दशैँ बिदामा रहेका अवस्थामा प्रहरीको उपस्थितिमा परीक्षण गर्न पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । “श’व परीक्षणसहित रिपोर्ट आज आउँछ, डोरीमा बेरिएको अवस्थामा भेटिएकाले मेडिकल रिपोर्टको पर्खाइमा छौँ”, प्रनाउ मरासिनीले भने।

प्रहरीले घ’टनाको प्रकृतिलाई हेर्दा फोरेन्सी रिपोर्टका लागिसमेत पोखरा पठाएको बताएको छ । प्रहरी चौकी बाबियाचौरबाट गएको प्रहरीको टोलीले घ’टनास्थलको सनुसन्धानसमेत गरेको छ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु