मन छुने भिडियो : आफ्नी आमाको मलामी कोहीपनि नगएपछि छोराले पुर्याए साइकलमै राखेर घाट !

यो संसारमा घुम्दै जादा धेरै स्वार्थी र घमण्डी मान्छेहरु मात्र भेटिन्छन् । किनभने यहाँका मानिसहरु धेरै आफ्नो लागी मात्र सोच्दछन् , गर्दछन् र हिड्दछन् । त्यसैले यहाँ जातिय , लैगिंक , भाषिक जस्ता विभिन्न नाममा मान्छेले मान्छेलाई पशु सरहको व्यवहार गर्दछ ।

जुन व्यवहार देख्दा लाग्दछ ,त्यो व्यक्ति मान्छे होइन् । तर एक मानव भएर यो संसारमा आएपछि मानवताको भाव व्यक्त गर्नुपर्दछ । आज हामी त्यस्तै एउटा दुखदायी घ’टना सुनाउन गइरहेका छौ । जसले तपाईको मनको आँखामा दुख्छ ।

यो घ’टना भारतमा बस्ने एक सरोज नामको युवकको हो । उनको परिवारमा आमा र छोरा बस्थे । परिवार राम्रैसँग चलेको थियो , सुख नै थियो । तर दैवको लिला एक दिन सरोजको ४५ वर्षीय आमाको पानी लिन जादाँ बाटोमा लडेर मृ’त्यु भयो । त्यसपछि सरोज पिडामा छट्पटाउदै आमाको दाहासंस्कारको लागी छिमेकीहरुलाई मलामी जान बोलाउन गयो । तर सरोज सानो जातको भएको भन्दै कोही पनि मलामी गएनन् ।

त्यसपछि सरोजले आफै आफ्नी आमाको शवलाई साइकलमा राखेर ५ किलोमिटर टाढा रहेको जङ्गलमा पुर्याएर एक्लै खाल्डो खने। त्यहि आमालाई पुरेर अन्त्यष्टिको काम सकाए ।

त्यसपछि यस घटनाको भिडियो एक व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेको थियो । अहिले उक्त भिडियो भाइरल भएको छ । र यस घ’टनाको भारतमा धेरै आलोचनाका साथै मानवता माथि प्रश्न उठेको छ ।

भिडियो

यो पनि पढ्नुस – सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोधन गरी कानून ल्याउने तयारी गरेको छ । सङ्घीय संसद् सचिवालयले छलफलका लागि ल्याएको उक्त विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ रहेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार कानून बनाउन सरकारले सो विधेयक ल्याएको हो ।

ती नै ज्येष्ठ नागरिक समाजमा बिस्तारै अपहेलित हुँदै जान्छन् र वृद्धाश्रममा बसेर जीवनयापन गर्नुपर्ने बाध्यता आइपर्छ । ज्येष्ठ नागरिकका लागि सर्वाधिक चासोको विषय रहेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ मा के छ त ? हाल महिला तथा सामाजिक समितिमा छलफलमा रहेको उक्त विधेयकको दफा ४ पछि उपदफा ४ (क) मा असहाय ज्येष्ठ नागरिकलाई तोकिएबमोजिम विशेष संरक्षण तथा सामाजिक सुरक्षाको व्यवस्था मिलाइनेछ भन्ने वाक्यांश थप गरिएको छ ।त्यस्तै दफा ५ को उपदफा ८ पछि उपदफा ९ र १० थपिएका छन् ।

उपदफा ३ वा ६ बमोजिमको आदेश पालना नगर्ने व्यक्तिबाट त्यस्तो ज्येष्ठ नागरिकको सम्पत्ति भोग गरेको विषयमा स्थानीय तहमा उजुरी परेमा न्यायिक समितिले ज्येष्ठ नागरिकको नाममा रहेको चल–अचल सम्पत्ति निजको सट्टा निजलाई पालनपोषण गर्ने तथा हेरचाह गर्ने नातेदार वा हकवालालाई जिम्मा लगाउन सक्ने व्यवस्था गरेको छ ।त्यस्तै उपदफा १० मा यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरेका वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाइनेछ भन्ने व्यवस्था गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु