प्रदेश १ का ‘कम्युनिस्ट’ मुख्यमन्त्रीको पनि महराकै जस्तो काण्ड, धरापमा पद [ भिडिओ हेर्नुहोस ]

काठमाडौं । तत्कालीन सभामुख एवम् निलम्बित सांसद कृष्णबहादुर महरा जबर’जस्ती क’रणी अभियोगमा पक्राउ परेका छन् । तर, महराकै जस्तो आरोप लागेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने शानसँग सत्तामा बसेका छन् ।

राईलाई कारबाही नभएपछि पूर्वमाओवादी भएकै कारण महरालाई राजनीतिक पूर्वाग्रही भएर हिरासतमा राखिएको चर्चा हुन थालेको छ । उस्तै प्रकृतिको आरोप लागेका पूर्वएमाले निकटका राईलाई उन्मुक्ति दिइएको छ ।

तत्कालीन युवा संघकी नेतृले शेरधन राईविरुद्ध उजुरी दिएको वर्षौ भइसकेको छ । ती युवतीले राईविरूद्ध निवेदन दिएपछि प्रधानमन्त्री ओलीले पनि एकहोरो आफूलाई मात्र गाली गरेको बताएकी छिन् ।

न्यायको लागि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलाई पनि भेटेर जानकारी गराएको उनले बताएकी छिन् । तर, पार्टीका शीर्ष नेताहरूले अध्यक्षले नै मिलाउने भनेर पन्छिएका थिए । शीर्ष नेताहरूले राई र ती युवती दुबै घटना हुनुमा जिम्मेवार रहेको बताएको ती युवतीले बताएकी छिन् । ती युवतीको उजुरीपछि तत्कालीन एमालेले छानविन समिति समेत बनाएको थियो ।

तर, घटनालाई गुपचुप बनाइयो । पूर्वएमालेका प्रभावशाली नेताहरुको आशीर्वाद रहेका राईलाई करबाही गर्नुको साटो दिन प्रतिदिन पुरस्कृति गर्दै लगियो ।

राईले ती युवतले लगाएको आरोप निराधार रहेको र मानसिक अवस्थाका बारेमा बारम्बार प्रश्न उठाउँदै आएका छन् ।
भिडिओ हेर्नुहोस

महरालाई जबरजस्ती यौ’न दु’र्व्यवहारको आरोप लगाएकी महिलाको पनि मानसिक अवस्थाका बारेमा प्रश्न उठाइएका छन् ।

महराले ती महिलाको आरोपकै कारण सभामुख पद गुमाएका छन् । त्यति मात्रै होइन दशैँको दुई दिन अगाडि प्रहरीको हिरासतमा पुगेका छन् ।

तर, महराकै प्रकृतिको आरोप लागेका प्रदेश १ का मुख्यमन्त्री राई भने राजनीतिक संरक्षणमा पदमा बसेको छ ।

महरालाई यौ’न दु’र्व्यवहारको आरोपमा कारबाही हुन्छ भने मुख्यमन्त्री राईलाई पनि युवतीसँग यौ’न दुर्व्य’वहार गरेको अभियोगमा कारबाही हुनु पर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आवाज उठेको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ । दुइवटा पार्टी मिलेर नेकपा बनेको छ । पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरुलाई धमाधम कारबाही गरेर पद खोसिदिने तर, पूर्वएमालेका नेताहरुलाई भने कारबाही नगरेर पदमा राखिरहने प्रवृत्तिको नेकपाभित्र कुरा उठेको हो ।

नेकपाका एकजना केन्द्रीय सदस्यका अनुसार महरालाई जस्तै मुख्यमन्त्री राईलाई पनि कारबाही गर्नुपर्ने अवाजा बलियोसँग उठेको छ ।

हुन त सत्ताको आडमा शक्तिमा रहेकालाई कारबाही हुन सक्दैन भन्ने आरोप नेकपाभित्रै छ । नेकपाका महासचिव विष्णु पौडेललाई सरकार जग्गा कब्जा गरेको विषयमा कारबाही हुन सकेको छैन । किन भने उनी शक्तिशाली पार्टीको शक्तिशाली महासचिव हुन् भन्ने चर्चा नेकपाभित्रै हुन थालेको छ ।

नेकपामा माओवादी पृष्ठभूमि भएकालाई धमाधम कारबाही गरेर राजनीतिक बाटो क्लियर बनाउने अभियानमा एमाले पृष्ठभूमि भएकाहरु सक्रिय भएको चर्चा छ । होइन भने महरालाई कारबाही हुँदा मुख्यमन्त्री राईलाई किन कारबाही भएन ? आखिर दुबैको घटनाको प्रकृति उस्तै छ ।

प्रदेश १ का मुख्यमन्त्री राई राष्ट्रपति विद्यादेवी भण्डारीको गृहजिल्लाका हुन् । उनलाई राष्ट्रपति र प्रधानमन्त्री ओलीको आशीर्वाद रहेको नेकपाभित्र चर्चा छ ।
भिडिओ हेर्नुहोस

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु