फेरियो काठमाडौंको मुहार, दसैंमा घर गएकाहरुले काठमाडौं चिन्न मुस्किल पर्ला (भिडियो)

जव काठमाडौंमा विदेशबाट अतिविशिष्ट अतिथिको आगमन तालिका तय हुन्छ, त्यसपछि रकेटको गतिमा काम हुन्छ, सडकको खाल्डाखुल्डी पुरिन्छ । अहिले काठमाडौंको मुहार रातारात फेरिएको छ । अतिविशिष्ट अतिथिलाई जुन लेन भएर हिडाउने हो त्यो लेनमा सडकको खाल्डा पुरिँदैछ, कतै सडक पेटीमा रंगरोगन गरिँदैछ त कतै ज्रेब्रा क्रसिङमा रंग लगाउने काम भइरहेको छ ।

सार्क शिखर सम्मेलन, विमिस्टेक सम्मेलनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पटक–पटकको भ्रमणका क्रममा काठमाडौंमा सडकहरु यसरी नै रातारात चिल्लो पारिएका थिए र पेटी र रेलिङहरु रंगिएका थिए । अहिले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका लागि दशैंको बेलामा सडक त्यसरिनै धमाधम बनाईदै छ ।

एयर्पोर्ट हुँदै आउने बाटो सबै तिर रंगिच८गी बनाईदै छ भने कतै फ्लेक्स हालेर नराम्रा चिजलाई ढाकिदैछ । अझ तिनकुनेको त्यो फोहोरले ढाकिएको पार्कमा परिणत भएको छ । तिनकुने को चौर अहिले हरियो दादा भएको छ वरपर फूल र बिभिन्न बिरुवा रोपेर त्यो चौरको मुहारनै फेरिएको छ ।

यो पनि पढ्नुस – सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोधन गरी कानून ल्याउने तयारी गरेको छ । सङ्घीय संसद् सचिवालयले छलफलका लागि ल्याएको उक्त विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ रहेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार कानून बनाउन सरकारले सो विधेयक ल्याएको हो ।

ती नै ज्येष्ठ नागरिक समाजमा बिस्तारै अपहेलित हुँदै जान्छन् र वृद्धाश्रममा बसेर जीवनयापन गर्नुपर्ने बाध्यता आइपर्छ । ज्येष्ठ नागरिकका लागि सर्वाधिक चासोको विषय रहेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ मा के छ त ? हाल महिला तथा सामाजिक समितिमा छलफलमा रहेको उक्त विधेयकको दफा ४ पछि उपदफा ४ (क) मा असहाय ज्येष्ठ नागरिकलाई तोकिएबमोजिम विशेष संरक्षण तथा सामाजिक सुरक्षाको व्यवस्था मिलाइनेछ भन्ने वाक्यांश थप गरिएको छ ।त्यस्तै दफा ५ को उपदफा ८ पछि उपदफा ९ र १० थपिएका छन् ।

उपदफा ३ वा ६ बमोजिमको आदेश पालना नगर्ने व्यक्तिबाट त्यस्तो ज्येष्ठ नागरिकको सम्पत्ति भोग गरेको विषयमा स्थानीय तहमा उजुरी परेमा न्यायिक समितिले ज्येष्ठ नागरिकको नाममा रहेको चल–अचल सम्पत्ति निजको सट्टा निजलाई पालनपोषण गर्ने तथा हेरचाह गर्ने नातेदार वा हकवालालाई जिम्मा लगाउन सक्ने व्यवस्था गरेको छ ।त्यस्तै उपदफा १० मा यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण तथा हेरचाह नगरेका वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाइनेछ भन्ने व्यवस्था गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु