कीर्तिपुरमा भेटियो लिच्छवीकालीन नागकन्या र लक्ष्मीको मूर्ति

काठमाडौंको कीर्तिपुरमा लिच्छवीकालीन मूर्ति भेटिएको छ । कीर्तिपुर नगरपालिका–६, चारघरेमा लिच्छवीकालीन नागकन्या र लक्ष्मीको मूर्ति फेला परेपछि पुरातत्व विभागले त्यहाँ उत्खनन थालेको छ । भूकम्पले भत्किएको जालपादेवी मन्दिर उत्खननका क्रममा मूर्तिको सानो टुक्रा भने चोइटिएको छ । त्यस्तै, मन्दिरको भग्नावशेषबाट कुँदिएका ढुंगा र सिक्कासमेत भेटिएका छन् ।

भेटिएका मूर्ति लिच्छवीकालीन भएको पुष्टि भएको पुरातत्व विभागले गरेको छ । पुरातत्व विभागबाट भाष्कर ज्ञवालीको नेतृत्वमा आएको एक टोलीले मूर्ति तथा सिक्का लिच्छवीकालीन भएको पुष्टि गरेको हो ।

उत्खनन्का क्रममा पुराना मूर्ति र सिक्का भेटिएका छन् ।

मन्दिरमा पुरातात्विक महत्त्वका वस्तु भेटिएपछि थप उत्खनन थालिएको छ । मन्दिर पुनर्निर्माण समितिले थप पुरातात्विक वस्तु हुन सक्ने अड्कल गर्दै आफ्नै अग्रसरतामा उत्खनन थालेको छ । उत्खननका क्रममा हरेक दिन नयाँ पुरातात्विक वस्तु भेटिएको बताइएको छ ।

२०७२ वैशाख १२ को भूकम्पले कीर्तिपुर क्षेत्रका जालन्धर पीठ, पिशाचेश्वर महादेव, जालपादेवी मन्दिरलगायतमा क्षति पुगेको छ । भूकम्पको ४ वर्षपछि त्यहाँका स्थानीयले समिति गठन गरेर चरणबद्ध पुनर्निर्माणको काम थालेका छन् ।

यो पनि पढ्नुस – सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोधन गरी कानून ल्याउने तयारी गरेको छ । सङ्घीय संसद् सचिवालयले छलफलका लागि ल्याएको उक्त विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ रहेको छ । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार कानून बनाउन सरकारले सो विधेयक ल्याएको हो ।

ती नै ज्येष्ठ नागरिक समाजमा बिस्तारै अपहेलित हुँदै जान्छन् र वृद्धाश्रममा बसेर जीवनयापन गर्नुपर्ने बाध्यता आइपर्छ । ज्येष्ठ नागरिकका लागि सर्वाधिक चासोको विषय रहेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ मा के छ त ? हाल महिला तथा सामाजिक समितिमा छलफलमा रहेको उक्त विधेयकको दफा ४ पछि उपदफा ४ (क) मा असहाय ज्येष्ठ नागरिकलाई तोकिएबमोजिम विशेष संरक्षण तथा सामाजिक सुरक्षाको व्यवस्था मिलाइनेछ भन्ने वाक्यांश थप गरिएको छ ।त्यस्तै दफा ५ को उपदफा ८ पछि उपदफा ९ र १० थपिएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु