‘सबै त्यागेर फेरि जंगल जान तयार छुँ’ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबै त्यागेर फेरि जंगल जान पनि तयार रहेको बताएका छन्। आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका छन्।

कार्यक्रममा बोल्दै दाहालले भने ‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ।’ उनले प्रश्न गरे हामी कता गइरहेका छौं ? पार्टीभित्रको रोदन पोख्दै दाहालले भने ‘पहिला अलि टाढाबाट आएको एउटा साथी भेट्दा गर्वले छाति फुलाउने तपाइँ, हामीहरु अहिले देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरेजस्तो गर्न थालेका छौं।’

हिजो लाखौंको बीचबाट काठमाडौं आउँदा जंगल आएजस्तो भएको छ, तर हिजोका दिनमा जंगलमा बस्दा त्यस्तो भएको थिएन्। ‘अहिले हाम्रो पार्टीमा कम्रेडहरु एकले अर्कोलाई छिर्किने हान्ने गर्नु भा छ,एउटाले अर्कोलाई सिद्याउन खोजे’ दाहालले भने ‘कम्युनिष्ट पार्टीभित्र पनि बदमासीहरु निस्किए।’

दुप्चेश्वर महादेवको उत्पत्ति:

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु