प्रेममा परेपछि परिवारले गराइदिए बालविवाह, पण्डितसहित ७ जना पक्राउ

सल्यानमा बाल विवाह गराउने पण्डितसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नंं. ५ जामुनेबाट दुलाहा–दुलही, उनीहरुका आमा–बुवा र विवाह गराइदिने पण्डितसहित सात जनालाई मंगलबार प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ।

स्थानीय सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यनरत १४ वर्षीया किशोरी र सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत १५ वर्षीय किशोर प्रेममा परेपछि आइतबार भागे।

सोमबार उनीहरु आफन्तकोमा बसे। त्यसपछि दुबै पक्षका अभिभावले सल्लाह गरेर उनीहरुको औपचारिक रुपमा धुमधाम पूर्वक विहे गरिदिने योजना बनाए। सबैको सल्लाह बमोजिम पण्डित बोलाएर मंगलबार दिउँसो हिन्दुपरम्परा अनुरुप दुबैको विवाह भयो।

प्रहरीलाई त्यसको सूचना स्थानीयले दिए। लगत्तै कपुरकोट प्रहरी गएर बेहुला–बेहुलीसहित उनीहरुका आमा–बुवा र विहे गराउने पण्डित समेतलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक उमाकान्त जोसीले मंगलबार बेलुका साढे ६ बजेतिर उनीहरु सबैलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकाहरुविरुद्ध मंगलबार नै म्याद थप गरिसकिएको छ। उनीहरुविरुद्ध बालविबाह सम्वन्धी मुद्दा दर्ता गरेर कानुनी कारवाहीको प्रक्रिया सुरु भइसकेको प्रहरी निरीक्षक जोसीले जानकारी दिए।

केही दिन पहिले मात्रै सल्यान प्रहरी यसैगरी बेहुला बेहुली, अभिभावक र पण्डितलाई पक्राउ गरेर कारवाही गरेको थियो।

यो पनि पद्नुहोस:
कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।

फौजी कीराले फौजी आक्रमण गर्ने हुँदा धानका बाला काटेर नोक्सान पु¥याएको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरको कौशीला चौधरीले बताउनुभयो । फौजी कीराको प्रकोपले अहिले बाँकेका किसानले काट्नका लागि तयार भएको धान कीराले काटेर सखाप भएको चौधरीले बताउनुभयो । कृषि पकेट क्षेत्र मानिने बाँके जिल्लाको डुडुवा ६ हिरमिनियाको कालाबन्जार गाउँका किसान रतिराम कुम्हारले आफ्नो दुई बिघा १२ कट्ठा जग्गामा रोपेको धानबाली कीराले एक हप्तामा सखाप पारेको देखाउँदै दुःख व्यक्त गर्नुभयो ।

त्यसैगरी डुडुवा गाउँपालिकाको ६ हिरिमिनिया फौजी कीराको प्रकोपले किसान मर्कामा रहेका छन् । फौजी कीराले धानबाली सखाप पारिदियो कसरी आफ्ना बालबच्चा पाल्ने भन्ने किसानले रुँदै आइरहेको छन् चिन्ता लागिरहेको छ उता बाँकेमा पनि र बर्दियाको बढैयातालका बोकटीया गाउँमा पनि धानबालीमा कीराको प्रकोपले धानबाली सखाप हुँदा भोकमरी निम्तने खतरा हुने औँल्याउँदै ९० प्रतिशत धान बाली रोपेको ठाउँमा नष्ट भएको देखेको कृषि ज्ञानकेन्द्र बाँकेको कार्यालय प्रमुख सागर ढकालले भन्नुभयो ।

कतिपय ठाउँमा अनुगमन गर्दा किसानको धान हेरेर विषादी छर्कन लगाएको तर तरिका नमिलेपछि कीरा नमरेको कारण धानबालीलाई कीराले सखाप अझै बनाइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालको भनाइ छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु