सुडानमा शान्ति सेनामा खटिएकी नेपाली चेली भन्छिन् ‘ काममा चुनौती भए पनि खतराको बीचमा खुसी छु’[ भिडियो सहीत ]

काठमाडौं। संयुक्त राष्ट्रसंघले विभिन्न देशमा संचालन गर्ने शान्ति स्थापनाका मिशनमा नेपाली सेनाले सहभागिता जनाउन लागेको लामो समय भयो । पछिल्लो सममय यसरी संयुक्त राष्ट्रसंघका विभिन्न मिशनहरुमा नेपाली सेनाका महिला अधिकृत तथा जवानहरुले पनि सहभागिता जनाउन थालेका छन् । यस्तै मिशनमा दक्षिणी सुडानमा खटिएकी नेपाली सैनिक मिना थापाको विषयमा संयुक्त राष्ट्रसंघको संस्था युनिफिडले एक छोटो डकुमेन्ट्री तयार पारेको छ ।

युनिफिडको वेबसाइटमार्फत सार्वजनिक भएको यो भिडियो साग्री ३ मिनेट १५ सेकेण्डको छ । भिडियोमा मिशनमा खटिएका नेपाली महिला सैनिकहरुको सैन्य अभ्यास, दिचर्या र उनीहरुको अनुभव समेटिएको छ । मिना थापालाई केन्द्रविन्दुमा राखेर बनाइएको भिडियोमा मिनाले आफ्ना पिता पनि सेनामा रहेकोले आफूलाई सानैदेखि सेनामा काम गर्ने इच्छा भएको बताएकी छिन् । काममा चुनौती भए पनि समाजमा शान्ति स्थापना गर्ने महान काममा आफूले योगदान गर्न पाएकोमा आफू निकै खुसी भएको उनले बताएकी छिन् ।

हेर्नुहोस् भिडियो सामग्री –

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु