नाम चलेको एक चर्चित अस्पतालको यस्तो धन्दा बाहिर आयो, ५ जना प’क्रा’उ !

काठमाडौं । नाम चलेको एक चर्चित अस्पतालमाथि ग’म्भीर आ’रोप लागेको छ । नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गरेको घ’टनामा संलग्न भएको आ’रोपमा प्रहरीले निदान अस्पतालका कार्यकारी निर्देशक बिपेन्द्र प्रधानसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेर किनबेच तथा प्रत्यारोपण गराएको आ’रोप लागेको छ ।

यसै सूचनाको आधारमा मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले उक्त घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले निदान अस्पतालका सिईओ बिपेन्द्र प्रधानसहित अस्पतालका कानुनी सल्लाहकार कुमुद कुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मृगौला ग्रहण गर्ने बिरामी शंकरलाल लामालाई नियन्त्रणमा लिएको हो । उनीहरुविरुद्ध मानव बे’चविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान र कारबाही हुने मानब बे’चविखन अनुसन्धान व्यूरोले जानकारी दिएको छ । घ’टनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु