कश्मीर भिडन्तको दुई दिन अघि गमिनले भनेका थिए- “अब भेट्न पाईँदैन होला”-(सम्मान सहित एक सिएर)

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल , कार्तिक ८ । गत शनिवार राति भारत पाकिस्तानको सीमा क्षेत्रमा पाकिस्तानी सैनिकहरु संगको भिडन्तमा ज्यान गुमाएका २१ बर्षीय गमिन श्रेष्ठको शवको अस्तु समेत ल्याउन नपाई परिवाजन फर्किएका छन् । रामपुर नगरपालिका ४ सतवर्तका रुद्रनारायण श्रेष्ठका कान्छा छोरा थिए गमिल ।

छोराको शव बुभ्mन भनि दिल्ली पुगेका बाबु रुद्रनारायण र दाजु गणेशमान श्रेष्ठ गमिनको शव भारतिय सेनाले नै वानरसको काँशीघाटमा सलामी अर्पण गदै दाहसंस्कार गरेकोले आफुहरुले अस्तु समेत नल्याई फर्किएको बताए ।

भनेका थिए अब भेट्न पाईँदैँन होला

गमिनका दाजुले गला अवरुद्ध पार्दै भने- भाइले घटनाको दुई दिनअघि मात्र मलाई फोन गरेर भन्दै थियो- ‘दाई तँ विदेशबाट घर आएर पनि भेट्न पाईएन, अब म जंगल पस्दै छृु (लडाईमा जाँदै छृु ) त्यहाँ गए पछि फोन सम्पर्क पनि हुँदैन, सायद अब भेट्न पनि पाइदैँन होला ।’

गमिनका बाबु रुद्रनारायण पनि जेठा छोरासंग फोनमा गरेका तिनै कुराहरु स्मरण गर्दै छोरा प्रति विलौना पोख्छन । उनले भने- ‘उसले दाजुलाई भनेको रहेछ बाबु आमाको हेरविचार गर्नु समेत भनेर ।’

उनीहरु छोराको अस्तु समेत नलिई फर्केपछि त्यस परिवारमा थप सन्नाटा छाएको छ । शोकाकुल परिवार र छिमेकमा आँशु थामिन सकेको छैन ।

९७ बर्षीया हजुरबुवा काज किरिया गर्दै

उनका छिमेकी कृष्णप्रसाद आचार्यका अनुसार गमिनका हजुराबुबा जिवित भएका कारण बाबुले उनको काज किरिया गर्न नहुने भएकोले उनका ९७ बर्षीय हजुरबुवाले छोरा रुद्रनारायणको सहयोगमा काज किरिया बस्ने भएका छन् । आज शुक्रवार गमिनको ज्यान गएको ७ तिथिमा भएको छ ।

हजुर बुवा बृद्ध र अशक्त भएका कारण नाति गमिनको मृत्युको ९ दिन देखि काज किरिया सुरु गरिने भएको आचार्यले बताए । गमिनकी हजुर-आमा , आमा र भाउजुहरुलाई स्थानीयले सम्झाउन बसिरहे पनि उनलाई नातीको यादले अझैँ छोडेको छैन् ।

परिवारका कान्छा छोरा गमिन कक्षा १२ अध्यान गर्दै गर्दा २७ महिना अघिमात्र भारतिय सेनामा भर्ति भएका थिए । भारत-पाकिस्तान सीमा क्षेत्रमा गएको करिव १ महिना भए थियाे ।

उनले भर्ति हुनुपूर्व भाकल गरे अनुसार गएको चैते दशैंमा घर आएर पञ्चवली भाकल चढाएर बैशाख महिनामा हाँजिर हुन भारत गएका थिए ।

घटनाको दिन अघि उनले बाबु-आमालाई फोन गरेर आत्तिनु पर्दैन, अरुले भने जस्तो यहाँको अवस्था छैन भनेर भनेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु