किन बिराटनगर विमानस्थलमा प्रचण्ड चुईक्क नबोली हिंडेपछि -यस्तो छ रहस्य

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कार्तिक ८ काठमाडौँ, शुक्रबार पार्टीको कामको शिलशिलामा प्रचण्ड बिराटनगर तिर प्रस्थान गरेका थिए ढिलो गरि प्रचण्ड चढेको बिमान करिब साढे १२ बजे बिराटनगर विमानस्थलमा अवतरण गरेको थियो करिब १ घण्टाको ढिला आईपुगेका प्रचण्डलाई विमानस्थलमा धेरै पत्रकारहरु धैर्यताका साथ कुरेर बसेका थिए तर विमानस्थलमा ओर्लने बित्तिकै पत्रकारहरुको वास्ता नगरी गाडीमा चढेर हुँईकिएपछि पत्रकारहरु जिल्ल परे ।

प्रचण्डले केही कडा बोल्ने अपेक्षासहित संचारकर्मी बिहानदेखि नै विमानस्थलमा कुरिरहेका थिए। उनको स्वागतमा नेता कार्यकर्ताको पनि राम्रै लाम लागेको थियो।नेकपा नेताले पत्रकार निकै बेरदेखि कुरिरहेको बताउँदै केही बोलिदिन आग्रह गरेका थिए।

तर बोल्ने मुड मा आफू नरहेको जनाउ दिएर प्रचण्ड अघि बढे। बिहान १० बजेदेखिप्रचण्ड लाई पर्खिएर बसेका थिए।विराटनगर पुग्दा प्रचण्डले केहि न केहि राजनीतिक तरंग दिने गर्थे तर यो पटक प्रचण्डमा देखिएको मौनतालाई पछिल्लोपटक पार्टी भित्र असन्तुष्टी र निराशा पोख्दै आएका प्रचण्डको यो मौनतालाई अर्थपूर्ण रुपमा लिइएको छ। प्रचण्डले यसअघि बिराटनगरमै मन्त्रिपरिषद परिबर्तन हुने अभिव्यक्ति पनि बिराटनगरबाटै सुरु गरेका थिए ।

यो पनि पद्नुहोस :

ताइवानी संस्थाबाट निःशुल्क ह्वीलचियर वितरण

ताइवानका विभिन्न संस्थाले नेपाललाई अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलमा सहयोग पु¥याउने उद्देश्यले उच्च गुणस्तरका दुई हजार थान ह्वीलचियर प्रदान गरेका छन् ।

प्रतिथान करीब रु पाँच हजार ६०० पर्ने उक्त उच्च गुणस्तरका ह्वीलचियर २०० थान काठमाडौँ आइपुगेका र सोमबार नै १८० थान विभिन्न जिल्लामा निःशुल्क वितरण गरिएको हो । सो संस्थाले हाल नेपालमा ३० चिकित्सक तथा ९० स्वयंसेवकद्वारा सहयोग गर्दै आएको छ । ताइवानको चाओ झोँग झी फाउण्डेशन ताइपेइले गरेको कार्यक्रममा सात अशक्त व्यक्तिलाई प्रतिनिधिमूलकरुपमा ह्वीलचियर वितरण गरिएको हो ।

फाउण्डेशनका संस्थापक अध्यक्ष चाओ झोँग झीले आफ्नो संस्थाले विश्वका विभिन्न मुलुकमा स्वास्थ्य सेवासहित अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गर्दै आएको जानकारी दिँदै नेपालजस्तो गरीब मुलुकका जनता ह्वीलचियरको अभावमा पीडा भोगिरहेकाले यसले केही भए पनि राहत पुग्ने बताउनुभयो ।

उहाँले नेपाल र ताइवानबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै फाउण्डेशनको सानो सहयोगबाट यो मैत्री जनस्तरमा थप विस्तार भएको बताउनुभयो । ताइपेइ रोटरी क्लब ३५२३ का डिष्ट्रिक्ट गभर्नर जोयले नेपाल र ताइवानबीचको सहयोगको आदान–प्रदानबाट दुई मुलुकबीचको घनिष्ट सम्बन्ध बढेको बताउनुभयो । रोटरी क्लब अफ नेपालका डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले ताइवानले नेपाललाई दिएको ह्वीलचियर सहयोग महत्वपूर्ण रहेको चर्चा गर्दै यसबाट हजारौँ लाभान्वित हुने बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु