भारतको दु’श्मनी भुलेर पाकिस्तानले १५० यात्रुको ज्या’न जो’गाए, पाकिस्तानलाई सबै तर्फबाट प्रशंसा

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। भारत र पाकिस्तानबीच सम्बन्ध ख’राब रहे पनि बिहीबार एक यस्तो घ’टना भयो जसको सबैतर्फबाट प्रशंसा भइरहेको छ। भयो के भने, १५० जना यात्रु लिएर भारतको जयपुरबाट मस्कटका लागि उडेको एक भारतीय विमान पाकिस्तानी हवाई क्षेत्रमा निकै ख’राब मौसममा फस्यो।

आकाशमा विजुलीसँग विमान ठो’क्किन थालेपछि अ’चानक विमान २ हजार फिट तल झारियो, पायलटले सहयोगका लागि नजिकका एयर ट्राफिक कन्ट्रोलमा सन्देश पठाए। सन्देश प्राप्त गरेपछि तुरुन्तै पाकिस्तानी एयर ट्राफिक कन्ट्रोलले काम थाल्यो। र विमानलाई दु’र्घटना हुनबाट बचाउँदै १५० जनाको ज्या’न बचायो।

बिहीबार पाकिस्तानमा मौसम निकै ख’राब थियो। चट्यांग पर्दा सो दिन पाकिस्तानमा २० जनाको मृ त्युसमेत भएको थियो।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणको एक ट्राफिक कन्ट्रोलर (एटीसी)को सतर्ककताले १५० जना यात्रु बोकेको एक विमान दुर्घ’टनाबाट जोगिएको हो। भारतीय विमानका पायलटको सन्देश प्राप्त गर्नासाथ पाकिस्तानी एटीसीले विमानलाई सुरक्षित रुट देखाएको हो।

विमान भारतको जयपुरबाट ओमानको राजधानी मस्कट जाँदै थियो।

न्यूज इन्टरनेशनलका अनुसार विमान कराचीमाथि उडान भरिरहेको थियो। सोही समय विमान चट्यांगको समस्यामा आयो। विमान ३६ हजार फिटको उँचाईबाट ३४ हजारको उँचाईमा झर्यो।

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु