आसामको कुख्यात वे’श्यालयबाट नेपालका चार नाबालिक र तीन किशोरीको यसरी गरियो उ’द्धार

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लेन १४ नामबाट चिनिने आसामको सिल्चारस्थित एक कु’ख्यात वे’श्यालयबाट सात नेपालीको उ’द्धार गरिएको छ ।

त्यही वेश्यालयबाट गत जुलाई १४ तारिखमा उद्दा’र गरिएकी नेपाली किशोरीको मद्दतले अन्य सातजनाको उ’द्दार गर्न सकिएको हो ।

नेपालमा स्थापना भएको गैर नाफामुलक संगठन, शक्ति समूहको नेतृत्वमा ती युवतीहरुको उ’द्धार भएको हो ।

शक्ति समूह गत आइतबार कछार पुलिससहित सिल्चार पुगेको थियो र सोमबार बेलुकी अभियान चलाएको थियो ।

‘उ’द्दार गरिएका सातजनामध्ये चारजना नाबालिग थिए भने अन्य तीनजना २० वर्ष मुनिका थिए,’ शक्ति समूहका कानूनी तथा प्रशिक्षण सल्लाहकार दिपिल कोइरालाले जानकारी दिए ।

दिलिपले नर्थइस्ट नाउसँगको कुराकानीमा भने, ‘जुलाई १४ तारिखमा एक किशोरीको उ’द्धार गरिएपछि यो वे’श्यालयमा छट्पटाइरहेका उनीहरुलाई उ’द्धार गर्न सम्भव भएको हो ।’

कोइरालाले थपे, ‘उनीहरुलाई वे’श्यावृ’त्तिमा ध’केल्ने नेपाली महिला लक्ष्मी तामाङलाई पनि प’क्राउ गरिएको छ ।’

‘यी सबै सातजनामध्ये कतिलाई राम्रो काम दिलाउने प्र’लोभन देखाइएको थियो भने कतिलाई राम्रो श्रीमान पाउने आशा दिलाइएको थियो,’ कोइरालाले जानकारी दिए ।

उनले यसबारे दूतावासमा जानकारी दिइसकेको र मंगलबार सिल्चार अदालतमा एकपटक पेश गराएपछि उनीहरुलाई नेपाल फिर्ता लैजाने पनि उनले जानकारी दिए ।

सन् १९९६ मा मुम्बईस्थित थुप्रै वे’श्यालयबाट उ’द्दार गरिएको १ सय २८ महिलामध्ये १५ जना महिलाले शक्ति समूहको स्थापना गरेको उनले बताए ।

सिल्चारमा मात्रै नभई भारतका विभिन्न स्थानमा यस्ता अभियान बारम्बार गरिँदै आएको पनि उनले जानकारी दिए ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Comments

comments

सम्बन्धित शीर्षकहरु