भारतीय मिडिया ह’ल्लियो, सलाम छ प्रधानमन्त्रीज्यू : शान्ता चौधरी

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सांसद चौधरीले सीमा अति क्रमणका विषयमा प्रधानमन्त्री ओलीले पछिल्लो समय कालापानीबाट भारतीय सेना हटाउने भन्दै दिएको अभिव्यक्तिले भारतीय मिडियामा खैलाबैला मचिएको भन्दै उनले प्रधानमन्त्रीको प्रसंसा गरेकी हुन् ।

‘उच्च हिम्मतका साथ बोल्नु भयो सम्माननिय प्रधानमन्त्री ज्यु । कुनै बन्द कोठामा होईन, गो प्य बैठकमा पनि होईन, सार्वजनिक मञ्चबाट संसारले सुन्ने गरि बोल्नुभयो । भारत सरकारको कान थ’र्किने गरि बोल्नुभयो । जसका कारण भारतमा ह’ल्ला ख’ल्ला भएछ, भारतीय मिडियाले प्रतिक्रिया जनाएछन् । भौगोलिक हिसाबले हाम्रो देश सानो होला तर हामीसँग राष्ट्रियताको भावना विशाल छ , स्वाभिमान उच्च छ । सलाम छ सम्माननिय प्रधानमन्त्री ज्यूलाई ।’ उनले लेखेकी छन् ।

सांसद चौधरीले राष्ट्रियताको भावनालाई बदर गर्दै प्रधानमन्त्रीले एकान्तमा नभई सार्वजनिक ठाउँमा दिएको त्यो अभिव्यक्तिले भारतीय मिडियामा त’रंग ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सलाम भनेकी छन् ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Comments

comments

सम्बन्धित शीर्षकहरु