ओली सरकारले ८ महिनामै बोकायो १ खर्बको ऋ’णको भारी, एक नेपालीको भागमा ३६,३९४ रुपैयाँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– एक नेपालीको भागमा ३६,३९४ रुपैयाँ ऋ’ण पर्ने देखिएको छ । कात्तिक महिनासम्मको तथ्यांक अनुसार आधारमा एक नेपालीको भागमा औसतमा ३६ हजार ३९४ रुपैयाँ ऋ’ण पर्ने देखिएको हो ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले तिनुपर्ने ऋ’णको रकम १० खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । केन्द्रीय तथ्यांक विभागले अहिले नेपालको जनसंख्या २ करोड ९७ लाख ८५ हजार ४५३ जना भएको अनुमान गरेको छ । सो आधारमा प्रतिव्यक्ति नेपालीलाई लागेको ऋ’णभार ३६ हजार ३९४ रुपैयाँ रहेको छ ।

कुल ऋ’णमा सरकारले आन्तरिक तर्फ ४ खर्ब ५२ अर्ब ५९ करोड रुपैयाँ तिर्न बाँकी छ । विदेशी ऋ’ण तर्फ ६ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।सरकारले चार महिनाको अवधीमा आन्तरिक तर्फ ९० करोड बराबरको सावा र ६ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको ब्याज भुक्तानी गरेको छ ।बैदेशिक ऋ’ण तर्फ भने सरकारले २ अर्ब ३३ करोड रुपैयाँ सावा र ५५ करोड ५३ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

गतवर्षको फागुन मसान्तसम्ममा नेपालले तिनुपर्ने ऋ’ण ९ खर्ब ७८ अर्ब ४५ करोड रहेको थियो । ८ महिनाको अवधीमा १ खर्ब १० अर्ब रुपैयाँले नेपालीले तिनुपर्ने ऋ’ण रकम बढेको छ । २०७५ असार मसान्तमा ९ खर्ब १६ अर्ब रुपैयाँ तिर्न बाँकी ऋ’ण रहेको थियो ।

सरकारले प्राप्त गर्न बैदेशिक अनुदान र ऋ’ण रकम चालु आर्थिक वर्षको चार महिनामा अघिल्लो वर्षको सोही अवधीको तुलनामा बढेको छ । अर्थमन्त्रालयले प्रकाशन गरेको चार कात्तिक मसान्तसम्मको विवरण अनुसार सरकारले १० अर्ब ७ करोड बैदेशिक अनुदान प्राप्त गरेको छ । अघिल्लो वर्ष यस्तो अनुदान ३ अर्ब ५४ करोड रुपैयाँ थियो ।बैदेशिक ऋ’ण तर्फ सरकारले २४ अर्ब ९५ करोड रुपैयाँ लिएको छ । अघिल्लो वर्षको चार महिनामा ११ अर्ब ३७ करोड रुपैयाँ बैदेशिक ऋ’ण लिएको थियो ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सम्बन्धित शीर्षकहरु