दाइजोमा फ्रिज नदिएको भन्दै भर्खरै विवाह गरेकी १९ वर्षीया श्रीमतीको ह त्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनुषा, २७ मंसिर । विवाहमा दाइजो स्वरुप फ्रिज नदिएको भन्दै नवविवाहिता महिलाको ह त्या भएको छ । ठूलो रकम र सुन चाँदीका गहना दाइजोका रुपमा दिइएको भएपनि फ्रिज माग्दै आएका ज्वाईले नै ह त्या गरेको आ रोप बेहुलीका बुवाले लगाएका छन् । ‘१० लाख रुपैयाँ नगद, साढे ९ तोला सुन, फर्निचर लगायत १७ लाख रुपैयाँ बराबर दाईजो दिइएको भएपनि फ्रिज चाहियो भन्दै श्रीमान लगायतले परिवारका सदस्यले या तना दिने गरेको बेहलीका बुवाले आ’रोप लगाएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रगरका नवीनकिशोर साहकी १९ वर्षीया श्रीमती ज्योति नायक (साह) को रह स्य मय नि’धन भएको हो । उनको ह त्या भएको आ रोप माइती पक्षले लगाएको छ ।

बिहीबार अपराहन्न सवा ४ बजे घाँ टीमा सल बेरि एको अवस्थामा ज्योतीको श व उनकै घरमा फेला परेको थियो । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दहालले घट नाको अनुसन्धान भइरहेको जनाएका छन् । परिवारका सदस्यले भने ज्योतीले आ त्म ह त्या गरेको जनाएका छन् । तर प्रहरीले पोष्टमार्टम रिपोर्ट पछि मात्र के भएको हो भन्न सकिने जनाएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २२ माइत भएकी ज्योतीको झण्डै एकवर्ष अघि २०७५ फागुन १९ गते क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने राजकिशोर साहका छोरा २८ वर्षका नविनकिशोरसँग भएको थियो । ज्योतीका बुबा सुरेन्द्र नायकले दाईजोको निहुँमा छोरीको ह त्या गरेको आ रोप लगाउँदै ज्वाई सहित घरपरिवार वि रुद्ध जा हेरी दिएका छन् । विवाह भएको केही महिनामा नै ज्वाइले फ्रिज लगायतका अन्य सामान पनि चाहियो भन्दै छोरीलाई या तना दिन थालेको आफुले थाहा पाएको बताए । छोरीले घरमा आफुलाई दा’इजो मागेर या तना दिएको बताएपछि उनले विस्तारै दा’ईजो थप्दै जाने बचन समेत जनाएको बताए ।

छोरीको मृ त्युको केहिछिन अघि मात्र छोरीसँग कुराकानी भएको बुबा सुरेन्द्रले बताएका छन् । ज्योतीको दिदीले छोरा जन्माएको ६ दिन भएको थियो । उनी न्वारनमा जान चाहन्थिन तर ज्योतीका परिवारले जान दिएनन् । घरपरिवारले जान नदिएको कुरा उनले बुवालाई सुनाएकी थिइन् । तर त्यसको केही बेरमै ज्वाईले फोन गरेर ज्योतीले आ त्म ह त्या गरेको भन्दै फोन गरेको बुवा सुरेन्द्रले बताए । ‘ज्योतीले दिदी घर जान खोज्दा भएको वि वाद पछि छोरीको ह त्या गरेको सुरेन्द्रको दावी छ ।
ज्योतीको गर्भ बस्दा ज्वाइँ सुरेन्द्रले गएको बैशाख महिनामा जनकपुरको एक क्लिनिकमा लगेर ग’र्भप’तन गराएको र पटक पटक कु ट पी ट तथा मानसिक या तना दिँदै आएको सुरेन्द्रको आ’रोप छ । नेपाल खबरवाट

सम्बन्धित शीर्षकहरु