रवीे लामिछानेलाई खिल्ली उडाउँदै पत्रकार खेम भण्डारीले लेखे यस्तो कडा स्टाटस, फेसबुकमा खैलाबैला

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द लिडर’को हिजो औपचारिक घोषणा भयो । ‘को बन्छ करोडपति’ सञ्चालनमा ल्याएको ‘एसआरबीएन’ मिडियाले छिट्टै प्रसारण गर्न लागेको कार्यक्रमको बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका टिकाटिप्पणी आए । उनलाई प्राप्त भएका टिकाटिप्पणीमा कार्यक्रम सफलताको शुभकामना भन्नेहरु पनि छन् भने कतिपयले नेता पनि रियालिटी शो बाट छान्ने भन्दै व्यंग्य समेत गरेका छन् । ‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेछन् । कार्यक्रमको निर्याणकमा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् । बाँकी २ निर्णायक पछि चयन गरिने बताइएको छ । कार्यक्रम न्यूज २४ टेलिभिजन साथै रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ ।

सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिएक छन् । प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिनेछ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी भइरहेका बेला सामाजिक सञ्जालको यो टिप्पणीले कस्तो असर पार्ला त्यो त हेर्न बाँकी नै छ । यसैबीच निर्मला बला’त्का’रपछि ह’त्या  प्र’क’र’णपछि पत्रकार रवी लामिछानेसँग ‘टसल’ भएका पत्रकार खेम भण्डारीले सामाजिक सञ्जालमा निकै तु’च्छ किसिमको टिप्पणी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै यस्तो लेखेका छन् ‘ जसले निर्मलाको ह’त्या’राको टपरी चाटिरहेको छ उसैले नेता जन्माउने रे’ !

यस्तै ‘दी लिडर’ का ५ निर्णायकहरुमध्ये पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधिस सुशिला कार्की र नेता तथा पत्रकार रविन्द्र मिश्रले संयुक्त रुपमा कार्यक्रमको नाम र लोगो सार्वजनिक गर्दै कार्यक्रमको औपचारिक घोषणा गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै रवी लामिछानेको नयाँ टेलिभिजन रियालिटी शो जसले देश, विदेशमा रहेका नेपाली माझबाट लम्बे छनौट प्रक्रियाद्वारा राजनेता बन्नसक्ने संभावना बोकेको नेता खोज्नेछ। भन्दै शुभकामना व्यक्त गरेका छन् ।

यो पनि पढ्नुस

एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब एक वर्ष पहिले उनै गुरुले त्यो जुत्ता नेपालकी बलवान महिला तारादेवी पुनले उपहार पाइन् । र, त्यही जुत्ता लगाएर १३ औं सागको भारोत्तोलनमा काश्य जितेकी छिन् ।

तर जुत्ताको कथा भने अर्कै छ । यो जुत्ता उनले ३ पटक सिलाएर लगाएकी हुन् । ‘त्यो जुत्ता तीन पटक सिलाएँ । ग्लुले त कति चिप्काएँ, चिप्काएँ’, उनी भन्छिन्, ‘अन्तिममा त्यो जुत्ता पनि चिप्लियो । त्यही भएर पनि होला, टार्गेट पूरा गर्न सकिनँ ।’

शनिबार प्रतिस्पर्धा गर्दैगर्दा उनले लगाएको जुत्ताको सोल केही उप्किएको प्रष्टै देखिन्थ्यो । उनका लागि जुत्ता नआएको भने होइन, आएकै हो । तर ३८ नम्बरको जुत्ता लगाउने तारादेवीले पाइन् ४५ नम्बरको । भन्छिन्, ‘आएको जुत्ता पनि मिलेन । त्यसैले सोल पनि उप्किन लागिसकेको त्यही जुत्ता लगाएर प्रतिस्पर्धा गरें ।’तारादेवीले काश्यमा चित्त बुझाइन् ।

‘लक्ष्य पूरा गर्न सकिनँ’

तारादेवीको १३औं सागमा लक्ष्य थियो रजत । तर काश्य पदकमा सीमित हुन पुगिन् । ‘टार्गेट त रजत पदक थियो । खोइ, कहाँ कमजोरी गरेँ थाहा छैन,’ पुनले आत्मसमीक्षा गरिन्, ‘गुरुहरुले दिएको टार्गेट पनि पूरा गर्न सकिनँ ।’

उनको मनमा कुरा खेलिरहन्छ, अभ्यासकै क्रममा बिरामी परेकाले पो हो कि ? ‘यो लेबलको पर्फमेन्स मेरो होइन । बिरामी नभएको भए अझै राम्रो गर्न सक्थें कि ? उनी भन्छिन्, ‘हुन त लास्टको लिफ्ट मैले बिगारेकै हो, त्यो स्वीकार्नैपर्छ ।’

‘आमालाई खेल देखाउन पाएँ’

म्याग्दीको विकट गाउँमा छ पुनको घर । उनकी आमा त्यही गाउँमा बस्छिन् । र छोरीलाई भनिरहन्छिन्, ‘धेरै नखेल अब । गाउँ फर्क र बिहे गर ।’ कहिलेकाहीँ पुनलाई आमाको मायाले सताउँदा फोन गर्न खोज्दा पनि लाग्दैन ।

तर यस पटकको सागमा भने तारादेवीले आमाकै सामुन्ने पदक पहिरिइन् । आँखाको समस्या भएका कारण पोखरा आएकी आमाले छोरीको सफलता आफ्नै आँखाले देख्न पाइन् ।

‘मेरालागि यो ठूलो संयोग हो । आमाले मेरो खेल हेरेको कमै क्षण छन्,’ केही भावुक बन्दै भन्छिन्, ‘संयोग मान्नुपर्छ यो पटक आमाले मात्रै होइन, परिवारका सबैले खेल हेर्नु भयो । त्यही भएर बढी नर्भस भएर पनि खेल राम्रो गर्न सकिनँ कि ?’

कुन पोशाक लगाएर जाने ?

स्वर्ण जित्न नसकेकोमा दुःखी उनलाई शनिबार साँझबाट अर्को तनाव थपिएको छ, ‘साग पोशाक ।’पोखरा माटेपानीमा जारी भारोत्तोलनका सबै खेल आइतबार सकिँदैछन् । र आयोजकले उर्दी लगाएको छ, ‘अन्तिम दिन सबै साग खेलाडी पोशाकमा आउनू ।’

उनी दोधारमा छिन्, ‘कुन पोशाक लगाएर जाने ?’

सागका लागि उनलाई पोशाक पनि आएको छ । तर जुत्ता जस्तै साइज नमिल्ने । उनकै शब्दमा भन्ने हो भने, उनका लागि ठूलो मात्रै होइन, अत्ति ठूलो पोशाक आएको छ ।मेडल लिने बेलामा लगाएको पोशाक एक जना बहिनीको भएको खुलाउँदै उनले भनिन्, नाप्न त ३/३ चोटि नापेको हो । तर मेरो ट्रयाकसुट त घुँडाभन्दा मुनि आउँछ ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु