४ स्वर्णसहित १३ पदककि बिजेता गौरिकालाई किरा फट्यांग्रा भन्दै अ’पमान गरेपछि टेलिभिजनमै आएर यसरी ढुखेसो पोखिन् (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बि.स.२०५० सालको एसएलसी बोर्ड टपर गरिमा राणाकि छोरीकि नाम हो गौरिका सिंह, १३ औं दक्षिण एसियाली खेलकुद सँगै यो नाम नेपाली खेलकुदमा अविस्मरणीय बनेको छ । उनी भर्खर १७ वर्षकी किशोरी हुन् र उनले लामो यात्रा गर्न बाँकी छ । घरेलु भूमिमा आयोजित १३ औं सागमा गौरिकाले सिंगो देशको इज्जत बढाइन् । नेपालले गौरव गर्नलायक खेलाडी पाएको छ ।

१३ औं दक्षिण एशीयाली खेलकुद सागमा १७ वर्षिया गौरिका सिंहले किर्तिमानी चार स्वर्ण पदक जितिन् । ब्यक्तिगत विधातर्फ सागमा पौडीका लागि स्वर्ण जित्ने गौरिका पहिलो नेपाली खेलाडी हुन् । एकै सागमा चार स्वर्ण जित्ने पनि उनी पहिलो खेलाडी बनिन् ।

तेक्वान्दोका दिपक विष्टसँग सर्वाधिक चार स्वर्ण जित्ने कीर्तिमान बराबर गरेकी गौरिकालाई लाग्छ,‘सबैले आफुलाई मात्र बढी ध्यान दिएको हो की ?’

पौडीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रदर्शन कमजोर थियो । सागका १२ वटा संस्करणमा नेपालले पौडीतर्फ जितेको जम्मा एउटा स्वर्ण हो, त्यो पनि भाग्यले पाएको ।तर १३ औं सागमा गौरिका एक्लैले ४ स्वर्ण पदक नेपाललाई दिलाएकी छन् । सागको ३५ वर्ष लामो इतिहासमा यो कुनै पनि नेपाली खेलाडीको सर्वोत्कृष्ट प्रदर्शन हो । नौवटा इभेन्टमा प्रतिस्पर्धा गरेकी गौरिकाले ४ स्वर्ण दुई रजत र ३ कांस्य पदक प्राप्त गरिन् । कुल मिलाएर दुईवटा सागमा उनको पदक संख्या ४ स्वर्ण, ३ रजत र ६ कास्यसहित १३ वटा पुगेको छ । यति धेरै पदक अहिलेसम्म कुनै पनि नेपाली खेलाडीको नाममा छैन ।

सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा आयोजित २८ औं ओलम्पिकमा भाग लिने विश्वभरका ११ हजार खेलाडीमध्ये सबैभन्दा कान्छी थिइन् गौरिका । अन्तर्राष्ट्रिय मिडियाले समेत उनको चर्चा गरेका थिए ।

रियो ओलम्पिकमा जानुअघि गौरिकाले २०१५ को जुलाईदेखि अगष्टसम्म रुसको कजानमा भएको १६ औं फिना विश्व च्याम्पियनसीपमा भाग लिएकी थिइन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।

अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि गौरिकाले तयारी गर्दा राज्यले लगानी गरेको छैन । पौडीको प्रशिक्षणका लागि क्लबलाई तिनुपर्ने शुल्क, प्रशिक्षकको शुल्क, हरेक वर्ष राष्ट्रिय खेलकुदमा भाग लिन नेपाल आउँदा वा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन आउजाउ गर्दाको सबै खर्च गौरिकाका बाबुआमा आफैंले व्यहोर्दै आएका छन् ।

उनै गौरिका र उनकी आमा गरिमासंग सबिना कार्कीेले गरेको कुराकानी जहाँ गरिमाले केहि दुख समेत ब्यक्त गरेकी छिन् । गौरिकालाई यो गेममा प्रवेश गर्न बाट रोक्ने भएको ठुलो षड’यन्त्रको पाटो अनि गौरिकालाई किराफट्यांग्रा भन्दै गरिएको अपमानप्रति उनको दुखेसो रहेको छ ।

हेर्नुहोस भिडियो

सम्बन्धित शीर्षकहरु