अधुरै रह्यो होटेलमा भाँडा माँझेर आफ्नो बुबालाई बचाउने त्यो सपना

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ऋषिराम खड्का
काठमण्डौं, हिरा बुढामगर र उनका भाई अशोक बुढामगरको सपना थियो बुबालाई निको बनाएर घर फर्किने र परिवारमा खुसी फर्काउने । भनिन्छ दशा बाजा बजाएर आउँदैन । अपशोच ! आज हिरा र उनका भाई अशोक बुढामागर एक्लै घर फर्किए । पोहोर साल यसैताका बुबाको उपचारको लागि बाग्लुङ जिल्लाको बडिगाडबाट काठमाण्डौं हिडेका उनीहरुले आफ्ना बुबालाई बचाउन हरेक प्रयास गरेपनि सकेनन ।

असाढको अन्तिमतिर काठमाण्डौंस्थित एक होटेलमा हिरा र उनका भाई भाँडा माझ्दै थिए त्यतिकैमा प्रशंगबस कुरा खुल्यो उनीहरु त्यति कलिलै उमेरमा होटेलमा काम गर्नुको र’हस्य बुबाको उपचार गर्ने पैसाको अभावमा रहेछ

उनीहरुको पि’डा सुन्दा सुन्दै मेरो आँखा भक्कानिए अन्तत मैले कमल सरगमलाई उतिबेलै फोन गरे बेलिबिस्तार बताए र सहयोगको लागि भिडियो तथा समाचार बनाउने आस्वाशन दिँदै म निस्किए

आखिरी साउनको ४ गते मैले सिधाबाटो डटकममा समचार लेखें र कमल सरगमको सहकार्यमा एउटा भिडियो खिचेर लालीगुराँस डेली युट्युब च्यानल मार्फत प्रकाशन गर्यौँ र देश विदेशबाट सहयोग आउंदै थियो र उनका बुबाको उपचार पनि भै नै रहेको थियो ।

तर हिजो क्या’न्सर पि’डित दल बहादुर बुढामगरले अस्पतालमा लिँदै गर्दा यो संसार सधैँका लागि त्यागे ! मृ’त्यु’ सबैका लागि अनिवार्य छ । तर ति अबोध लालाबाला जसले होटेलमा जुठाभाँडा माँझेर भएनी बुबालाई निको बनाई घर लिने सपाना थियो, खुसि फर्काउने सपना थियो त्यसमा ठुलो तुषारापात भएको छ । अब ति अबोध बालबालिकाको स्कुलको फि तिरिदिने बुबा उनीहरुका अविभावक यो संसारमा छैनन । बुबालाई निको बनाएर हिराको कलेज पढ्ने सपना केवल सपनामै सिमित भएको छ ।

हिरा तिमीले आँट गर शोकलाई शक्तिमा बदल्नु भाइबहिनीलाई बुबाले छोडेको अभिभारा पुरा गर्दै साथ हौसला दिनु शोक सन्तप्त परिवारप्रति धर्यधारण गर्ने शक्ति मिलोस ! मृ’तक दल बहादुर दाईको आत्माले शान्ति पाओस ! हजुरलाई सहयोग गर्ने उही ऋषिराम खड्का ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु