अष्ट्रेलियामा नेपालीले आयोजना गरेको लिगमा दुईपक्षबीच झ’डप, एकको अवस्था ग’म्भीर [ हेर्नुहोस भिडियो सहित ]

SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिड्नी। अष्ट्रेलियाली नेपाली समाजबीच लोकप्रिय, सबैभन्दा पुरानो र पहिलो लिग भनेर दा’बी गरिएको गोर्खा नेप्लिज कम्यूनिटीले आयोजना गर्दै आएको जीएनसी लिगको खेलमैदानमै दुईपक्ष आ’क्र’मणमै उ’त्रिएका छन् ।

यो सिजनमा पनि गोर्खालीको कार्यक्रम रणभूमिमा परिणत भएको छ । आइतबार दिउँसो सञ्चालित लिग अन्तर्गत क्याम्सी फुटबल क्लब र गोर्खा स्पर्स नामका दुई नेपाली समूदायका क्लबबीचको खेलपछि क्याम्सी एफसीका खेलाडीहरुले गोर्खा स्पर्सका एक खेलाडीलाइ मैदान बाहिर म’रणा’सन्न हुनेगरी आ’क्रम’ण गरेका छन् ।

उनको नाम अहिलेसम्म बताइएको छैन । खेल सिड्नीको चेष्टर हिलस्थित मैदानमा सञ्चालन भएको थियो । बाह्रखरीलाई प्राप्त केही भिडियो क्लिप्समा पनि आ’क्रम’णमै उ’त्रिएको देख्न सकिन्छ । भिडियोमा गोर्खा स्पर्सका खेलाडीलाई क्याम्सी एफसी लेखिएको फुटबल जर्सी लगाएका अर्को समूहका सदस्यहरुले निरन्तर आ’क्र’मण गरेका थिए ।

खेल सञ्चालनमै भइरहेकै अवस्थामा कसरी एकाएक आ’क्र’मण सुरु भयो भन्ने सम्बन्धमा अहिलेसम्म जानकारी प्राप्त भएको छैन । आयोजकहरुलाई सम्पर्क गर्न खोज्दा सबै प्रतिक्रिया दिनबाट तर्किएका छन् ।

आ’क्र’म’णमा परेका खेलाडीको सिड्नीकै एक अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । नेपाली समूदायको सेतु बनेको भनेर खुबै प्रचारबा’जी गरिने यो लिग नेपाली युवा विद्यार्थीमाझ लोकप्रिय भए पनि आजसम्म त्यस्तो हुन सकेको छैन ।

सहभागी क्लबमध्येका एकले अब यो लिग पूर्ण रुपमा बन्दै गर्नुपर्ने पनि बताएका छन् । विभिन्न क्लबका भाइबर समूह र त्यसमा आवद्ध सदस्यहरुमाझ जीएनसीको कमजोर व्यवस्थापन, गैर नाफामूलक भए पनि नाफा केन्द्रित आयोजकहरु यसमा सबैभन्दा जिम्मेवार रहेको एक सदस्यले जानकारी दिए ।

कस्तो कानुन लाग्छ ?

फुटबल वा अन्य कुनै पनि प्रकारका खेलकुदका दौरान वा खेलपश्चात खेलमैदान बाहिर हुने साधारण झै झ’ग’डानै किन नहुन् त्यसलाई अष्ट्रेलियाको का’नुनले आ’प’रा’धिक कार्य मान्ने गरेको छ । कानुनअनुसार दो’षी ठ’हर भएमा त्यस्तो आ’प’रा’धिक गतिविधिजस्ता सूचना अर्को देशसँग पनि रहने हुनाले अर्को देशको भ्रमणमा समेत रोक लाग्न सक्ने बताइन्छ । यस्तो अवस्थामा ज्या न मा र्नेसम्मको मु द्दा अघि बढ्न सक्ने का’नुनविदहरु बताउँछन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु