सन्दीप लामिछानेसंग अटोग्राफ लिन अष्ट्रेलियामा मैदान भित्र छिरे एक बालक, सन्दिपले दिए यस्तो उपहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं , ६ पुस । नेपाली लेगस्पिनर सन्दिप लामिछाने अहिले नेपालमा मात्र होइन क्रिकेट खेलाडीका रुपमा विश्वभर परिचित छन् । उनले क्रिकेटवाट गरेको सफलताले विश्वभर चिनाएको छ । सन्दीप अहिले अस्ट्रेयिामा छन् । अहिले उनको टिम मेलबर्न स्टार्सले होबार्ट हरिकेन्ससँग खेलिरहेको थियो । आजको खेलमा पनि सन्दीपको टिममे होबर्ट हुरिकान्सलाई पराजित गरेको हो ।

सन्दीपको लामिछानेको क्रेज नेपाली क्रिकेट खेलप्रेमीमा मात्र होइन अहिले विश्वभरका क्रिकेट पारखीहरुका लागि सन्दीप निकै रुचाइएका खेलाडी भएका छन् । आजको खेलमा पनि त्यस्तै देखियो । खेलको दोस्रो इनिमा बलि तथा फिल्डि गर्न मैदान छिरेका सन्दिपसँग एक जना अष्ट्रेलियन बलक अटोग्राफ लिन पुगेका छन् । उनीसंग अटोग्राफ लिन एक अस्ट्रेलियन बालक मैदानभित्रै छिरेका छन् । सन्दिपले ती बालकलाई उनले लगाएको क्यापमा अटोग्राफ दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा होबर्ट हुरिकान्सलाई ५२ रनले पराजित गर्दै मेलबर्नले लगातार दोस्रो जित निकालेको हो । यस अघि मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो ।

मेलबर्नले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होबर्टले १६ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो । होबर्टका लागि क्लिभ रोजले सर्वाधिक ३२ रन बनाए । यस्तै कालेप जेवेलले २५ रन बनाए । होबर्टलाई सस्तैमा समेट्न मेलबर्नका हरिस राउफले ५ विकेट लिए । कप्तान ग्लेन म्याक्सवेल र एडम जाम्पाले २र२ विकेट लिए ।

सन्दीपले ३ ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।मेलबर्नका लागि मार्कोस स्टोनिसले ८१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निक म्याडिसनले ४० तथा बेन डन्कले १९ रन बनाए । हुरिकान्सका रीले मेरेडिथले ३ विकेट लिए । जितसँगै मेलबर्नले २ खेलमा ४ अंक जोडेको छ । मेलबर्न तालिकाको दोस्रो स्थानमा रहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु